‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम बाँकेमा प्रभावकारी बन्दै
सीमा क्षेत्रमा शौचालय, खानेपानी ट्यांकी र प्रतीक्षालय निर्माण
सिराज खान
नेपालगन्ज, माघ ३ गते । ‘सीमावासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सञ्चालन गरिरहेको सशस्त्र प्रहरीले बाँकेको पूर्वि सीमा क्षेत्रमा आवागमन गर्नेहरुको सुविधाका लागि शौचालय, खाने पानी ट्यांकी र प्रतीक्षालय निर्माण गरेकोे छ ।
सो कार्यक्रम अन्तर्गत सीमा क्षेत्रमा आवागमन गर्ने दुबै देशका नागरिकको सहुलियतका लागि नरैनापुर र डुडुवा गाउँपालिकासंगको संयुक्त सहकार्यमा नाकामा शौचालय, खानेपानी ट्यांकी र सार्वजनिक चौतारोको निर्माण गरिएको जानकारी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरीका प्रमुख प्रहरी उपरिक्षक बिमल डाँगीले बताउनुभयो ।
भारतसँग सीमा जोडिएको बाँकेको नरैनापुर १ सुईया बगौडा नाकामा निर्माण गरिएको शौचालय र खानेपानी ट्यांकी तथा डुडुवा गाउँपालिका १ खडैचा नाकामा निर्माण गरिएको प्रतीक्षालय र खानेपानी ट्यांकीको छुट्टा छुट्टै कार...









