बाँके र बर्दिया जिल्लामा संचालित परियोजनाको स्टार्ट फण्ड नेपालद्धरा अनुगमन
समाचारदाता
नेपालगन्ज, भदौ २० । बाँके युनेस्को क्लबद्धारा बर्दिया र बाँके जिल्लामा संचालन गरिएको तराईका जिल्लामा भारी बर्षा र डुवान पुर्वानमानमा आधारित तयारी परियोजनाको दुबै जिल्लामा अनुगमन गरिएको छ ।
युके एड र स्टार्ट फण्ड नेपालको सहयोग तथा प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा संचालन गरिएको सो परियोजनाको स्टार्ट फण्ड नेपालका कार्यक्रम ब्यबस्थापक प्रमिला सुबेदी, अगुमन तथा मुल्यांकन बिज्ञ राजु आचार्य र प्लान ईन्टरनेशनल नेपालका निमित्त बिपद् सल्लाहकार फुर्वा मोक्तान एवं कार्यक्रम ब्यबस्थापक अम्बिकाप्रसाद तिमिल्सेनाले अनुगमन गर्नुभयो ।
अनुगमन टोलीले सबैभन्दा पहिले जिल्ला आपत्कालीन संचालन केन्द्र बाँकेसँग छलफल गरेको थियो । उक्त छलफलमा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ्ग, बिपद् फोकल पर्सन रुपन ज्ञवाली र नरैनापुर गाउँपालिकाका अध्य...









