बाढी र डुबानबाट जोगाउन ‘कामका लागि नगद’ क्रियाक्लाप सञ्चालन
समाचारदाता
नेपालगन्ज, भदौ १३ । बाँके युनेस्को क्लबले बर्दियाको गुलरिया नगरपालिकामा स्थानीयलाई बाढी र डुबानबाट जोगाउन कामको लागि नगद क्रियाक्लाप सञ्चालन गरेको छ ।
युके एड र स्टार्ट फण्ड नेटवर्कको सहयोग र प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा बाँके युनेस्को क्लबले बाँके र बर्दियामा सञ्चालन गरेको ‘एन २३ एन्टिसिपेसन हैभी रैन फल एण्ड लोकल इनुन्डेसन परियोजना’ अन्तर्गत गुलरिया नगरपालिकामा सो क्रियाक्लाप सञ्चालन गरिएको हो ।
गुलरिया ५ बालापुरमा सञ्चालन गरिएको कामका लागि नगद क्रियाक्लापमा सो स्थानका ३० जनाको सहभागिता रहेको जनाउँदै बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरले उनिहरुले आफ्नो टोल क्षेत्रलाई बाढी र डुबानबाट जोगाउन पानी जम्न नदिन नालाहरु सफा गर्ने, सिंचाइ नहर र बाटोहरु सफा गरेर पानीको सहज निकासका लागि काम गरिरहेको बताउनुभयो ।
उहाँले यो कामका लागि नगद क्रियाक्लापले स्थानीय सम...









