जलवायु संकट र विपद् जोखिम व्यवस्थापन सम्बन्धि दुई दिने तालिम सम्पन्न
समाचारदाता
नेपालगन्ज, कात्तिक १० । बाँके युनेस्को क्लबलले बर्दियाको गुलरियामा सञ्चालन गरेको जलवायु संकट, विपद् जोखिम व्यवस्थापन, सरसफाई स्वच्छता र मानवीय सहायतासम्बन्धी २ दिने तालिम सम्पन्न भएको छ ।
क्लबद्धारा प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बर्दियामा सञ्चालित बालिका शसक्त परियोजनाअन्तर्गत सो तालिमको आयोजना गरिएको थियो ।
किशोरी क्लब र युवा क्लबका सदस्यहरूलाई विपदबाट हुने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न सावधानीका उपायहरू अवलम्बन गर्न र जोखिममा परेका समुदायलाई सचेत गराउनुका साथै जलवायुको संकटलाई कम गर्न समुदाय स्तरमा अभियान संचालनमा महत्वपूर्ण ज्ञान प्रदान गर्ने उद्देश्यले सो तालिम संचालन गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
दुई दिनसम्म सञ्चालन गरिएको सो तालिममा जम्मा २७ जनाको सहभागीता रहेको थियो । तालिमका सहजकर्ता हरि सुबेदीले...









