बी ग्रुपद्धारा नेपालगञ्जमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन तालिम सम्पन्न
समाचारदाता
नेपालगञ्ज, जेठ ३१ । भेरी वातावरणीय विशिष्ठ समुह बी ग्रुपले बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तरगत स्वास्थ्यजन्य फोहरबाट हुने जोखिम न्यूनिकरण सम्बन्धि २ दिने तालिम सम्पन्न गरेको छ ।
तालिममा नेपालगञ्जभित्र स्वास्थ्यजन्य फोहर व्यवस्थापनमा संलग्न २५ जना सरसफाईकर्मीको सहभागिता रहेको थियो ।
सरसफाईकर्मीलाई नेपालको स्वास्थ्यजन्य सरसफाई सम्बन्धि कानुन, नियम, सिद्धान्त, फोहरलाई स्रोतमै पृथकिकरणगर्ने प्रकृया र आवश्यकता, सुइ काट्ने तरिका, फोहरलाई सुरक्षित ढुवानी गर्ने प्रकृया, स्वास्थ्यजन्य फोहरलाई निर्मलिकरण गर्ने तरिका, निर्मलिकरण भए नभएको थाहा पाउने तरिका, फोहर व्यवस्थापन गर्दा सरसफाईकर्मीलाई हुन सक्ने जोखिम, जोखिम न्यूनिकरण गर्न आवश्यक कार्यहरु, जोखिमको मुल्याङ्कन बारेमा प्रदर्शन तथा छलफल गरिएको थियो ।
स्वास्थ्यजन्य फोहर विज्ञ गंगाबहादुर खत्री...









