युनेस्को क्लबद्धारा कोहलपुर चौराहामा शौचालय निर्माण गरि हस्तान्तरण गरियो
समाचारदाता
नेपालगञ्ज, जेठ १ । बाँके युनेस्को क्लबले कतार च्यारिटी नेपालसँगको साझेदारीमा कोहलपुर चौराहामा निर्माण गरेको खानेपानी व्यवस्थासहितको शौचालय र हात धुने स्टेशन कोहलपुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
सोमवार कोहलपुरमा आयोजित एक कार्यक्रममा सो शौचालय र हात धुने स्टेशनलाई बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका मेयर आचार्यले कोहलपुर चौराहामा सार्वजनिक शौचालयको आवश्यकता लामो समयदेखि खड्किएकोमा क्लबले निर्माण गरेकोमा क्लब र कतार च्यारिटीप्रति आभार प्रकट गर्नुभयो ।
उहाँले कोहलपुर नगरपालिकाभित्र रहेका सबै सार्वजनिक शौचालयलाई जनताका लागि निशुल्क प्रयोग गर्न पाउने गरि सञ्चालन गर्ने निर्णय गरिएको जनाउँदै यस क्षेत्रकै केन्द्रविन्दु रहेको यो नगरमा शौचालयको अभाव हुन नदिने प्रतिवद्...









