नेपालगञ्जलाई हरियो, सफा र स्वच्छ सहर बनाउने सरोकारवालाको प्रतिवद्धता
समाचारदाता
नेपालगञ्ज, असार १ । नेपालगञ्जलाई स्वच्छ, हरियो र सफा सहर बनाउनुपर्नेमा सबै सरोकारवाला एकमत देखिएका छन् । त्यसका लागि उनिहरुले आ आफ्नो ठाउँबाट आवश्यक काम र सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।
भेरी वातावरणीय विशिष्टता समूह बी–ग्रुप ले जिआइजेड एवम् एमडिएम फ्रान्सको सहयोगमा सञ्चालन गरेको ‘पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना’ अन्तर्गत आयोजना गरिएको स्थानीय सार्वजनिक निजि साझेदारी प्लेटफर्मको बैठकमा सो प्रतिवद्धता जनाईएको हो ।
बी ग्रुपका अध्यक्ष टेक बहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको सो बैठकमा सहभागि अधिकांश वातावरण संरक्षणमा सक्रिय अगुवा लगायत अन्य अधिकांश सरोकारवालाले नेपालगञ्जमा बढी भन्दा बढी बृक्षारोपणसंगै त्यसको संरक्षण र सरसफाईमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
बैठकमा बोल्दै नेपालगञ्ज उपमहानगर वातावरण महाशाखाका प्रमुख प्रकाश डिसीले नेपालगञ्जलाई हरियो र सफा...









