नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको गभर्नर अधिकारीद्धारा जानकारी
काठमाडौं, चैत २८ गते। नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको बताउनुभएको छ। मंगलबार नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९र८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताउनुभएको हो।
उहाँले नेपालका बैङ्क वित्तीय संस्थाको अवस्था सुरक्षित र स्वस्थ रहेको दाबी गर्नुभयो। उहाँले तत्काल सानोतिनो धक्काले नेपालका बैङ्क तथा वित्तीय संस्थामा जोखिम नआउने बताउनुभयो। उहाँले सबै वित्तीय संस्थाको तथ्याङ्क बलियो हरेको बताउनुभयो। उहाँले बैङ्क तथा वित्तीय संस्थामा तरलताको अभावको कारणले समस्या आउने अवस्था नभएको बताउनुभयो। उहाँले पछिल्लो समय बैङ्कहरूमा तरलता सहज हुँदै आएको बताउनुभयो।
उहाँले विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास भुक्तानी कारोबारको लागि गरिएको सचे...









