सबै धर्मविच एकता र स्वर्गिय राजा विरेन्द्रको शालिक स्थापना गर्न पत्रकार उदय श्रेष्ठद्धारा उम्मेदवारी घोषणा
समाचारदाता
नेपालगन्ज, भदौ ८ । बाँकेका वरिष्ठ पत्रकार उदय बहादुर सिंह श्रेष्ठले आगामी मंसिर ४ गते हुने संघिय निर्वाचनमा बाँके क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।
बिगत ४२ बर्षदेखि पत्रकारीता गर्दै आउनु भएका श्रेष्ठले सबै धर्मविच एकता कायम गरेर धार्मिक तथा सामाजिक सदभाव कायम गर्दै स्व राजा बिरेन्द्रको शालिक पहिलेकै स्थानमा स्थापनाका लागि आफूले उम्मेदवारी दिने बताउनु भएको छ ।
बाँकेमा धेरैले चुनाव जितिसकेको अवस्थामा एउटा इतिहासलाई बिर्सेर स्व राजा बिरेन्द्रको शालिक स्थापना गर्न नसक्दा आफूले जिते शालिक स्थापना गर्ने र सबै धर्मविच एकता कायम गराउने बताउँदै मंसिर ४ गते हुने निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाँकेबाट उम्मेदवारी दिने घोषणा गर्नु भएको हो।
पत्रकार श्रेष्ठले स्वतन्त्र रुपमा उम्मेदवारी दिने जनाउँदै आफ्नो एजेण्डा र विचारसंग मेल खाने अरु पनि कोही स्वत...









