तलब माग्दै नेपालगञ्ज मेडिकल कलेजका चिकित्सकहरु आन्दोलनमा
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ १२ गते । चार महिनादेखि तलवभत्ता नपाएको गुनासो गर्दै नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् ।
आन्दोलनको पहिलो दिन विहीबार उनिहरुले अस्पताल प्रशासन अगाडि एक घण्टा धर्ना बसेका थिए । विहान ९ बजेदेखि १० बजेसम्म हातमा कालो पट्टी बाँधेर उनिहरु धर्ना बसेका थिए ।
नेपालगञ्ज मेडिकल कलेज प्राध्यापक परिषद्को अगुवाईमा आन्दोलन थालिएको परिषद्का अध्यक्ष डा विनोद महासेठले बताउनुभयो । शिक्षण अस्पतालका चिकित्सकहरुले मासिकरुपमा पाउनु पर्ने तलव माघ महिनादेखि नपाएको र प्रोत्साहन भत्ता रोकिएको पनि महिनौं वितिसकेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको अध्यक्ष महासेठले बताउनुभयो ।
‘अस्पताल जस्तो संवेदनशील थलोमा आन्दोलन गर्नु हाम्रो रहर हुँदै होइन परिषद्का अध्यक्ष महासेठले भन्नुभयो–‘अस्पताल प्रशासनले तलवभत्तानै नदिएपछि के गर्नु ?’ नेपालगञ्ज मेड...









