नेपालमा सबैभन्दा पहिले रेल बर्दियामा चलेको हो
दिनेश प्रसाद श्रेष्ठ, बर्दिया
नेपालमा सबैभन्दा पहिले रेल लाइन बिच्छाइएको र चलेको भनेको नै बर्दिया जिल्लामा हो। यो रेल १०८ बर्ष अघि सन् १९१० बि सं १९६७ देखि शुरु भएर सन् १९२० बि सं १९७७ सम्म १० बर्ष मात्र संचालनमा थियो। तर यो रेल यात्रुहरुको आवागमनको लागि नभएर गेरुवानदी पूर्व र बबई नदी पश्चिमपट्टिको जङ्गलका काठ कटान र मुछान गरि भारततिर ढुवानी गर्ने प्रयोजनका लागि मात्र थियो। यसका लागि श्री ३ प्रधानमन्त्री चन्द्र शमशेर जबराको स्वीकृतिबाट ईष्ट इण्डिया कम्पनी सरकारको फरेष्ट्री डिपार्टमेन्टका कन्जरभेटर जेभी कोलिएर आफैले ठेक्का लिएका थिए। उनले यस्तो ठेक्का कैलाली र नेपालको पूर्वी तराईमा पनि लिएका थिए । कैलालीमा दुल्लु दर्रा डाडा सरकारको ठेक्का राज्य मलवाराभित्र पर्ने भारतीय सीमावर्ती टिकुनियारबेलरायादेखि उत्तर भगिनी सुखडसम्म जङ्गल कटान, मुछान र भारततर्फ काठ ढुवानी गर्न बर्दियामा रेल लगेको एक बर...








