‘यस पटक बाँकेमा जसपाले चार पालिकामा स्थानीय सरकार बनाउँछ’
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, चैत ३० । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघिय सांसद मोहम्मद ईश्तियाक राईले बाँकेमा यस पटक चारवटा पालिकामा जनता समाजवादी पार्टीका उम्मेदवारहरुले सहजै विजयी हुने दावी गर्नुभएको छ । उहाँले आफु शहरी विकास मन्त्री भएपछि संसदीय क्षेत्रसंगै जिल्लाका लागि गरेको विकास निर्माणलेनै नै जसपा जिल्लामा एक नम्बरको पार्टी बनेको बताउनुभयो ।
डुडुवाको बनकट्टीमा बुधवार आयोजना गरिएको समाजवादी युवा संघ बाँकेको गाउँपालिकास्तरीय बृहत्त भेलालाई सम्बोधन गर्दै पुर्वमन्त्री राईले यस पटक नेपालगञ्ज, डुडुवा, जानकी र नरैनापुरमा जसपाको स्थानीय सरकार बन्ने र जनताले विकाससंगै रोजगारी र गुणस्तरीय शिक्षा तथा उत्कृष्ट स्वास्थ्य सेवा पाउने बताउनुभयो ।
उहाँले डुडुवा गाउँपालिकामा जसपाका उम्मेदवार भण्डारी लाल यादवको नेतृत्वमा अधिकांश वडामा ठुलो मत अन्तरले बिजयी हुने र त्यसपछि भुमिहीन र ...









