५ जेष्ठ २०८१, शनिबार

ताजा-अपडेट

ड्युटीसमयलाई ध्यानमा राखेरनै विमानलाई नेपालगञ्जसम्मै उडाइएको हो–नेपाल एअरलाइन्स

ड्युटीसमयलाई ध्यानमा राखेरनै विमानलाई नेपालगञ्जसम्मै उडाइएको हो–नेपाल एअरलाइन्स

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, मङ्सिर ८ गते । काठमाडौंबाट रुकुमको सल्ले विमानस्थलका लागि उडेको नेपाल एयरलाइन्सको ट्विनअटर विमानका चालक दलको ड्युटी समय सकिएपछि नेपालगञ्जमा अवतरण गराएर यो उडान निर्देशिका अनुरुप भएको बताइएको छ । नेपाल एयरलाइन्सको अपरेशन डिपार्टमेन्टका अनुसार फ्लाइट अपरेसन रिक्वायरमेन्टको क्लज नम्बर १४.६.१ का अनुसार चालक दलले १० घण्टा भन्दा बढी ड्युटी गरेमा नागरिक उड्ययन प्राधिकरणले लाइसेन्स समेत जफत गर्न सक्ने प्रावधान रहेकोले सो विमानलाई नेपालगञ्जसम्मकै लागि सो दिन पठाईएको थियो । गत आइतवार विहान ६ बजेर ३० मिनेटमा काठमाडौं नेपालगञ्ज रुकुम सेड्युल उडान मौसमका कारण स्थगित भएपछि सोही दिन दिउँसो २ बजेर ५८ मिनेटमा उक्त उडान गरिएको थियो । तर, चार बजेसम्म मात्रै सो विमानका चालक दलको ड्युटी समय रहेकोले विमानलाई नेपालगञ्जमा अवतरण गराई यात्रुलाई होटलमा राखेर अर्को दिन सोमवार विहान सोही विमान...
मुस्लिम कोटाको महाधिवेसन प्रतिनिधिमा दुई सिद्दिकी र दुई अन्सारीविच प्रतिष्पर्धा

मुस्लिम कोटाको महाधिवेसन प्रतिनिधिमा दुई सिद्दिकी र दुई अन्सारीविच प्रतिष्पर्धा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
आन्तरिक विवादले पार्टीलाई कमजोर बनाउँछ–भोला, मोहम्मदीको योगदानको कदर हो मलाई मतदान–ईरफान सिराज खान नेपालगञ्ज, ७ मङ्सिर । नेपाली काँग्रेसको १४ औं महाधिवेसनमा सहभागि हुनका लागि महाधिवेसन प्रतिनिधिको निर्वाचन बाँकेमा विहिबार हुने भएको छ । त्यसका लागि बुधवार उम्मेदवारी दर्ता गरिने छ भने विहिबार मतदान गराउने कार्यक्रम निर्वाचन समितिले सार्वजनिक गरेको छ । महाधिवेसन प्रतिनिधिका लागि बाँकेमा दुई वटा मुस्लिम कोटाका सिट रहेका छन् । ती दुई स्थानका लागि हालसम्म दुई जना सिद्दिकी र दुई जना अन्सारी गरेर चार जनाले उम्मेदवारी दिने घोषणा गरेका छन् । अन्य उम्मेदवार थपिएनन् भने यी चार जना मध्येबाटै दुई जनाले महाधिवेसनमा प्रतिनिधिका हैसियतले सहभागि हुने अवसर पाउने छन् । मुस्लिम कोटाको दुई सिटका लागि प्रदेश सांसद मोहम्मद याकुब अन्सारी, निजामुद्दीन अन्सारी (छोटकउ), अब्दुल हमीद सिद्दिकी भोला र ईरफान सिद्...
नेपालगञ्ज उपमहानगरमा मानवबेचविखन विरुद्धको रणनिति तयार गरिंदै

नेपालगञ्ज उपमहानगरमा मानवबेचविखन विरुद्धको रणनिति तयार गरिंदै

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
समाचारदाता नेपालगञ्ज, ७ मङ्सिर । बाँके युनेस्को क्लबले नेपालगञ्ज उपमहानगरमा मानवबेचविखन बिरुद्धको रणनिति तयार गरिरहेको छ । सो का लागि क्लबले गठन गरिएका मानव बेचविखन विरुद्धका स्थानीय समिति र बाल अधिकार समिति लाई दुई दिने सबलीकरण तालिमका् आयोजना गरेको छ । प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरिरहेको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो क्षमता अभिबृद्धि तालिम सञ्चालन गरिएको हो । दुबै स्थानीय समितिका पदाधिकारी र सदस्यहरुको संस्थागत क्षमता अभिबृद्धि कार्ययोजना अनुसार काम गर्न उत्प्रेरित गर्ने तथा घट्ना व्यवस्थापन, राहात, उद्धार र पुनस्र्थापना लगायतका काममा क्षमता बढाउने उदेश्यले सवलिकरण कार्यक्रम सम्पन्न गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले बताउनुभयो । उहाँले मानव बेचविखन विरुद्ध नेपालगञ्ज उपमहानगरमा रणनितिक योजना निर्माण गर्नका लागि पनि सो...
नेकपा माओवादी केन्द्र र माओवादी क्रान्तिकारीविच एकता बारे छलफल

नेकपा माओवादी केन्द्र र माओवादी क्रान्तिकारीविच एकता बारे छलफल

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाण्डौं । नेकपा माओवादी केन्द्र क्रान्तिकारी र सत्ताँरुढ नेकपा माओवादी केन्द्रबिच आज कम्युनिष्ट एकता र वर्तमान अवस्थाबारे छलफल भएको छ । नेकपा माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दुई पार्टीका नेताहरुबिच तयस्तो छलफल भएको हो । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र क्रान्तकारीले माओवादी एकता अनिवार्यता, कम्युनिष्ट एकता आजको आवश्यकता’ को विषयमा चलाउँदै आएको वहस अभियानको अन्तर्गत आज सत्ताँरुढ नेकपा माओवादी केन्द्रसँग समेत छलफल भएको जनाएको छ । माओवादी केन्द्र क्रान्तिकारीले पार्टीको योजना अनुसार सबै माओवादी तथा कम्युनिष्ट र देशभक्त, प्रगतिशिल, परिवर्तनकारी राजनीतिक दल, समूह लगाएतसँग कम्युनिष्ट एकता र जनवाद स्थापनाबारे गम्भिर छलफल चलाउँदै आएको छ । उक्त छलफलको क्रममा नेकपा माओवादी केन्द्र क्रान्तिकारीका महासचिव लोकराज जैसीका साथै केन्द्रीय सदस्य तथा उक्त पार्टी निकटको प्...
आकाशमा उड्दाउड्दै पाइलटको ड्युटी सकियो, रुकुम जाने यात्रु नेपालगञ्जमा झारिए

आकाशमा उड्दाउड्दै पाइलटको ड्युटी सकियो, रुकुम जाने यात्रु नेपालगञ्जमा झारिए

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, मंसिर ७ । नेपाल एयरलाइन्सको ट्विन अटर विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको सल्ले उडान भर्ने अनुमति पाइसकेको थियो । दिउँसो ३ बजे उड्नुपूर्व यात्रु विमानमा बसिसकेका थिए । विमानका पाइलट ककपिट छिरेपछि एयरहोस्टेजको मधुर आवाज निस्कियो– अब हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला । ट्विन अटर विमानका आठमध्ये एक यात्रुले आफन्तलाई फोन गरे– विमानस्थलबाट प्लेन उड्नै लाग्यो । सल्ले आउँदै गर्नुहोला ।’ प्लेनले निर्धारित समयमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग छाड्यो । अनि आकाशमा एक फन्का मारेर गन्तव्य सोझ्यायो । यात्रुलाई लागेको थियो– प्लेन केही समयमा नै सल्ले विमानस्थलमा अवतरण होला र आफन्त भेटिएलान् । तर त्यसो भएन । बीच बाटोमै नेपालगञ्ज विमानस्थलमा प्लेन अवतरण भयो । धेरैलाई लाग्न सक्छ– जहाजमा कुनै प्राविधिक समस्या आएकाले...
रुख कटान नहुँदा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

रुख कटान नहुँदा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा ढिलाइ

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
प्रकाश अधिकारी, रासस कर्णाली, मङ्सिर ७ गते । रुख कटानको प्रक्रिया अघि नबढ्दा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको काम प्रभावित भएको छ । आयोजना निर्माणका लागि बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रका रुख कटान नहुँदा टावर निर्माणको कार्य प्रभावित भएको हो । आयोजनाले बाँके, बर्दिया र सुर्खेतको वन क्षेत्रअन्तर्गतका १३ हजार ११९ रुख कटान गर्न प्रस्ताव गरेको छ । आयोजना प्रमुख रविकुमार चौधरीले रुख कटानसम्बन्धी प्रस्ताव स्वीकृतिमा भएको ढिलाइले निर्माण प्रभावित हुने बताउनुभयो । “आयोजना र नेपाल विद्युत् प्राधिकरणबाट सबै तयारी पूरा भइसकेको छ, मन्त्रिपरिषद्मा रुख कटानसम्बन्धी प्रस्ताव लैजाने काम वन तथा वातावरण मन्त्रालयको हो”, उहाँले भन्नुभयो । निकुञ्ज क्षेत्रका रुख कटान गर्नुपर्ने भएकाले वन मन्त्रालयलाई समय लागेको हुनसक्ने उहाँको भनाइ थियो । आयोजना र भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्राप्रोजेक्टबीच ...
राप्ती नदीमा एक हजार माछाका भुरा हालियो

राप्ती नदीमा एक हजार माछाका भुरा हालियो

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ६ मंसिर । बिश्व मत्स्य दिवसको अवसर पारेर बाँकेमा राप्ती नदीको अगैयामा एक हजार माछाका भुरा हालिएको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाँके नेपालञ्जले एक कार्यक्रमको आयोजना गरी राप्ती नदीमा १ हजार माछाका भुरा छाडेको हो । जलचर संरक्षण हाम्रो प्रतिबद्धता खाद्य पोषण तथा दिगो विकासको सुनिश्चितता भन्ने नारा सहित मनाइएको विश्व मत्स्य दिवसमा रौ र नैनी जातका माछाका भुरा अगैयास्थित राँप्ती नदीमा छाडिएको विज्ञ केन्द्र नेपालञ्जका प्रमुख तथा वरिष्ठ मत्स्य बिकास अधिकृत कमला अधिकारीले जानकारी दिनुभयो । राप्ती नदीमा माछा छाड्ने कार्यक्रममा राप्ती सोनारी गाउँपालिकाका उप प्रमुख धनी कुमारी खत्रीले विशेष उपस्थिति रहेको विज्ञ केन्द्रले जनाएको छ । कार्यक्रममा विज्ञ केन्द्रका मत्स्य विकास अधिकृत बसिर अहमद, प्राबिधिक अधिकृत सुदन भट्टराई लगायतको उपस्थिति रहेको थिय...
अझै रोकिएन भारतबाट हुने तस्करी र अवैध आयात

अझै रोकिएन भारतबाट हुने तस्करी र अवैध आयात

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ६ मंसिर । यहाँस्थित सीमापारी भारतबाट नेपालतर्फ हुने अवैध आयात र तस्करी निरन्तर जारी नै रहेको छ । प्रहरीले जतिसुकै सक्रियता देखाएपनि र जतिसुकै सामान पक्राउ गरेपनि लामो समयदेखि हुँदै आएको अवैध आयात र तस्करी भने रोकिएको छैन । मुख्य नाकामा धेरै ठाउँमा चेकजाँच हुने गरेपनि तथा अन्य नाकाहरुमा समेत शसस्त्र र जनपथ प्रहरीको उल्लेख्य उपस्थिति रहँदै आएपनि कसरी दैनिक लाखौं लाख रुपियाँको अवैध सामान नेपाल भित्रिन्छ भन्ने प्रश्न चारै तिर उठीरहेको छ । भन्सार राजस्व छलेर भारतीय सामानलाई दैनिक रुपमा नेपालमा भित्रयाउने काम निरन्तर भैरहेपनि सुरक्षाकर्मीले त्यसलाई किन रोक्दैनन् वा किन देख्दैनन् भन्ने प्रश्न पनि जनमानसमा सर्वत्र उठिरहेको छ । यसरी राजस्व छलेर सामान ल्याउँदा देशलाई ठुलो नोक्सानी भएपनि यो सबै किन रोकिंदैन ? यही नै सबैभन्दा अहम प्रश्न हो । उता, प्रहरीले भने दिनद...
कोहलपुरमा १ अर्ब २२ करोडको राष्टिय महिला क्रिकेट एकेडेमी निर्माण गरिंदै

कोहलपुरमा १ अर्ब २२ करोडको राष्टिय महिला क्रिकेट एकेडेमी निर्माण गरिंदै

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
मन्त्री अथकद्धारा भव्य समारोहमा एकेडेमीको शिलान्यास नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर ५ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले आइतवार बाँकेको कोहलपुरमा ‘राष्ट्रिय क्रिकेट महिला एकेडेमी’को शिलान्यास गर्नु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नु भएको हो । मन्त्री नियुक्त भएलगत्तै उहाँले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गर्नु भएको थियो । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री गहतराजले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिदैं उहाँले केही दिनमै पुर्वाधार निर्माणको प्रक्रिया सुरु...
बाँकेको खैरीखोलाको जंगलमा बम भेटियो, सेना घट्नास्थलमा पुग्यो

बाँकेको खैरीखोलाको जंगलमा बम भेटियो, सेना घट्नास्थलमा पुग्यो

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ५ । बाँकेको पुर्व पश्चिम राजमार्गमा पर्ने खैरी खोलाको जंगलमा बेवारिसे बम फेला परेको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मा पर्ने खैरीखोलाको जंगलमा बेवारिसे बम भेटिएको अगैया प्रहरी चौकीका प्रमुख असई खगेन्द्र केसीले बताउनुभयो । उहाँले सो बम द्धन्द्धकालको समयमा फािलएको हुनसक्ने जनाउँदै सुरक्षाकर्मीले गस्ती गर्ने क्रममा बम फेला पारेको बताउनुभयो । भेटिएको बम सकेट बम रहेको प्रहरीले जनाएको छ । बम भेटिएको स्थान अगैया प्रहरी चौकीबाट ती किलोमिटर पश्चिमतर्फ रहेको जनाउँदै असई केसीले सो बारेमा नेपाली सेनालाई जानकारी गराई सकेको र सेनाको टोलीले घटनास्टलमा पुगेर बम डिस्पोजल टोलीलाई जानकारी गराउने काम गरिरहेको बताउनुभयो । द्धनद्धको बेला फालिएका र गाडिएका बम र हतियारहरु विभिन्न स्थानमा फेला पर्दै आएका छन् ।...