जानकीमा जसपा र माओवादीको गठबन्धनको जित निश्चित भएको वर्माको दावी
संविधान र संघियताको रक्षाका लागि गठबन्धन बनेको पुर्वमन्त्री राईको भनाई
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १४ । बाँकेको नेपालगञ्ज उपमहानगर, खजुरा, कोहलपुर र जानकी गाउँपालिकामा भएको बलियो गठबन्धनका कारण ती चार वटै पािलकामा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको दावी गठबन्धनका दलहरुले गरेका छन् । नेपालगञ्जमा नेपाली काँग्रेस र जसपा, खजुरामा नेकपा माओवादी र नेपाली काँग्रेस, कोहलपुरमा नेकपा माओवादी र एकिकृत समाजवादी तथा जानकीमा जसपा र माओवादी गठबन्धन अन्य दलहरु भन्दा धेरै अगाडी रहेको स्थानीयले बताएका छन् । नरैनापुर र डुडुवामा भने जनता समाजवादी पार्टी एक्लै अन्य दलभन्दा अगाडी रहेको जसपाको दावी छ ।
जानकी गाउँपालिकामा गत निर्वाचनमा बलियो अवस्थामा रहेका जसपा र माओवादी केन्द्र मिलेपछि अहिले सो गठबन्धन निकै बलियो बनेको जसपाबाट अध्यक्षका उम्मेदवार राजिव बर्माले बताउनुभयो । उहाँले यस पटक जसपा ए...









