प्रहरीद्धारा नेपालगञ्जबाट फेरी एक लाख ६३ हजार बढीको अवैध सामान बरामद
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २८ कात्तिक । फेरी एक पटक बाँके प्रहरीले भारतबाट ल्याउदै गरिएको ठुलो परिमाणको अवैध सामाग्री बरामद गरेको छ। प्रहरीले नेपालगञ्जबाट १ लाख ६३ हजार भन्दा बढीको भन्सार राजस्व छलेर ल्याईएको सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी सहायक निरीक्षक बिबेक अधिकारीको कमान्डमा गएको प्रहरी हवल्दार पुर्ण बस्नेतसहितको टोलीले नेपालगन्ज १० ट्राफिक चोकबाट शनिबार राती भन्सार छली गरेर ल्याइएको अन्दाजी ६३ हजार रुपैयाँ बराबरका लेडिज कपडा, ७ बोरा गहुँ, ७ बोरा युरिया मल बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
त्यस्तै टोलीले नेपालगन्ज १० गणेशमान चोकबाट भारतबाट चोरीपैठारी गरेर ल्याइएको १ लाख रुपैयाँ बराबरका ताला चावी र मोजा आइतवार विहान बरामद गरेको बाँके प्रहरीले जनाएको छ।आइतवार बिहान १० बजे र शनिबार राती बरामद गरिएका १ लाख ६३ हजार रुपैयाँ बराब...