बाँकेमा पालिकास्तरमा संगठन निर्माण गर्ने पत्रकारको पहिलो संगठन बन्यो प्रेस सेन्टर नेपाल
नेपालगञ्जपाटी समाचार
नेपालगज, चैत १ । बाँके जिल्लामा पालिकास्तरमा संगठन निर्माण गर्ने पत्रकारहरुको पहिलो संगठन बनेको छ, प्रेस सेन्टर नेपाल । जिल्लाका तीनवटा पालिकामा प्रेस सेन्टर नेपालले संगठन निर्माण गरिसकेको छ भने अन्य पालिकामा पनि गठनको प्रक्रिया शुरु गरिएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले बताउनुभभयो । उहाँले हालसम्म कोहलपुर नगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकामा प्रेस सेन्टरको गठन गरिसकेको बताउनुभयो ।
अध्यक्ष धितालका अनुसार प्रेस सेन्टर नेपाल डुडुवा गाउँपालिकाको प्रथम भेलाले मंगलवार कालु गिरीको नेतृत्वमा गाँउ कमिटि निर्माण गरेको छ । भेलाले गिरीको नेतृत्वमा सर्वसम्मत गाँउ कमिटि चयन गरेको हो । जसको उपाध्यक्षमा दिपशिखा दाहाल बिष्ट, सचीवमा मनिषा परियार, सहसचिवमा अम्मर बुढाथोकी र कोषाध्यक्ष रहिस अलि शेष चयन भएका छन भने सदस्यहरुमा इसाक अलि शेष, अमानत शेष, नन्दा...









