एमसिसिको बिरोधमा नेपालगन्जमा राप्रपाको विरोध प्रदर्शन
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १२ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसि को विरुद्धमा नेपालगन्ज विपिचोकमा राप्रपाले विरोध प्रदर्शन गरेको छ ।
राष्ट्रियता रक्षाको निम्ति बाँके राप्रपा र देशभक्त राष्ट्र प्रेमी युवाहरुको उपस्थितिमा विहिबार नेपालगन्ज बिपिचोकमा विरोध प्रदर्शन गरिएको राप्रपाका सहमहामन्त्री रिसिराज देवकोटाले बताउनुभयो । उहाँले कुनैपनि हालतमा सो सम्झौता नेपालमा लागु गर्न नदिने अडानका साथ आफुहरु आन्दोलनमा उत्रिएको बताउनुभयो ।
विरोध र्यालीमा सहभागीहरुले राष्ट्रघाति सम्झौता एमसिसि खारेज गर, राष्ट्रघाती होसियार, हिन्दुराज्य कायम गर लगाएतका नारा सहित विपिचोकमा प्रदर्शन गरेका थिए ।
त्यस्तै सो विरोधसभामा बोल्ने वक्ताहरुले राष्ट्रघाती एमसिसि कुनै पनि हालतमा संसदबाट पारित गर्न नहुने र फिर्ता गराउनको लागि सम्पुर्ण देशभक्त नेपालीहरु एक हुनुपर्नेमा जोड दिए...









