राप्रपा नेपालको केन्द्रिय कमिटिमा बाँकेका ७ जना मनोनित
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ९ । राप्रपा नेपालको केन्द्रिय समितिमा बाँकेका ७ जना नेताहरु मनोनित हुनुभएको छ । राप्रपाको महाधिवेशन पश्चात निवर्तमान अध्यक्ष एवं पूर्व उप प्रधानमन्त्री कमल थापाले राप्रपा पार्टी परित्याग गरेपछि थापा समर्थक नेताहरुले समेत पार्टी परित्याग गरेका थिए ।
राप्रपा नेपाललाई पुर्नगठन गर्दै थापाको अध्यक्षतामा घोषणा गरिएको राप्रपा नेपाल पार्टीको केन्द्रिय समितिलाई पूर्णता दिनेक्रममा बाँकेबाट हिक्मत ढकाल, खेमराज गौतम, टोपेन्द्र बहादुर शाहि, श्रीधर सुवेदी, मो खालिद ईराकी, आशा धिमाल र लक्ष्मी हमाल केन्द्रीय सदस्यमा मनोनित हुनु भएको छ ।
यस्तै बाँकेबाट राप्रपाको राजनीति शुरु गरेका युवा नेता पुरु दाहाल पनि कैलाली जिल्लाबाट केन्द्रिय सदस्यमा मनोनित हुनु भएको छ । राप्रपा नेपालको केन्द्रिय सदस्यमा समेटिएका ढकाल राप्रपाको केन्द्रिय पदाधिकारी रहिसकेका यस क्षेत्रकै प्रभावश...









