१ जेष्ठ २०८१, मंगलवार

ताजा-अपडेट

नेपाल–भारत सीमानामा परिचयपत्र लागु गर्ने तयारी, नेपालले प्रस्ताव गर्दै

नेपाल–भारत सीमानामा परिचयपत्र लागु गर्ने तयारी, नेपालले प्रस्ताव गर्दै

ताजा-अपडेट, मुख्य समाचार, विविध
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १४ कात्तिक । नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै अवैध घुसपैठ हुँदा सुरक्षा चुनौती बढेको महसुस गर्दै नेपाल सरकारले भारत सरकारसमक्ष परिचयपत्रको व्यवस्था प्रस्ताव राख्ने तयारी गरेको गृह मन्त्रालयले जनाएको छ । खुला सीमा नाका प्रयोग गर्दै अफगानिस्तान, म्यान्मारलगायतका मुलुकबाट नेपाल पसेकाहरूले शरणार्थीका रूपमा नेपालमै बसोबास गर्न थालेको भेटिए लगत्तै गृह मन्त्रालयले सरोकारवाला निकायहरूसँग छलफल गरेको थियो। छलफलमा सहभागीहरुले नेपाल–भारत दुवै देशका नागरिकलाई आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने र त्यसका लागि कूटनीतिक पहल थाल्नुपर्ने सुझाव दिएका थिए । सो छलफलमा दुई देशका नागरिक आवतजावतका लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने सुझाव आएको गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो। दुबै देशले एक अर्काको देशमा आवतजावत गर्दा परिचय पत्र...
पुर्व सभामुख महरा आज बाँकेका कार्यक्रममा सहभागि हुने

पुर्व सभामुख महरा आज बाँकेका कार्यक्रममा सहभागि हुने

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका स्थायी समिति सदस्य, पार्टी प्रवक्ता तथा पुर्व सभामुख कृष्ण बहादुर महरा आज बाँके जिल्लामा आउँदै हुनुहुन्छ । वाईसिएल बाँकेले कोहलपुरमा आयोजना गरेको शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रममा सहभागि हुन नेकपाका प्रवक्ता महरा आउनु हुने जनाईएको छ । नेकपा बाँकेका अध्यक्ष आईपी खरेलका अनुसार सो कार्यक्रमका साथसाथै प्रवक्ता महराले जिल्लाका अगुवा कार्यकर्ताहरुसंग पनि भेटघाट र छलफल गर्नु हुनेछ । कार्यक्रम कोहलपुरस्थित सहीद स्मृति सभागृहमा दिउँसो १ बजे राखिएको उहाँले बताउनुभयो । महाधिवेसनको तयारीमा जुटेको नेकपाको अहिले विभिन्न स्थानीय अधिवेसनहरुको तयारी भैरहेको बेला पार्टीका प्रवक्ता तथा नेताको भ्रमणले कार्यकर्तामा उत्साह थप्ने नेकपा बाँकेका इन्चार्ज तथा पुर्व उपसभामुख पुर्णा कुमारी सुवेदीले बताउनुभयो । ...
‘हर्ट अट्याक’ बाट बच्न यी कुरामा अनिवार्य ध्यान दिनुपर्छ

‘हर्ट अट्याक’ बाट बच्न यी कुरामा अनिवार्य ध्यान दिनुपर्छ

ताजा-अपडेट, मुख्य समाचार, स्वस्थ्य
नेपालगञ्ज, १४ कात्तिक । पछिल्ला दिनहरुमा कम उमेरका व्यक्तिहरुको मृत्युको कारण हृदयघात भएको पाइन्छ । विज्ञहरु यसको कारण पछिल्लो समय युवापुस्तामा देखिएका नराम्रा आदतहरु भएको बताउँछन् । तल उल्लेखित बानी समयमै नछाडे पछताउनुको विकल्प छैन । त्यसैले समयमै यी सबै बानी छोडौं । धुम्रपान र मद्यपान आजभोलि १६ वर्ष देखिका किशोरकिशोरीहरु धुम्रपान र मद्यपानको नसामा लागि सकेका हुन्छन् । युवापुस्तामा देखिने यस्ता आदतले उनीहरु कार्डियोभास्कुलर रोगको शिकार हुन्छन् । यो समस्या मुटु सम्बन्धी रोगमध्ये गम्भीर समस्या हो । यो अन्य मुटुसम्बन्धी रोगको कारण बन्न सक्छन् । चिकित्सकका अनुसार जो युवा दिनमा १० वटा चुरोट पिउँछन् उसलाई हृदयघातको सम्भावना ५० प्रतिशत हुन्छ । जंक फुड भोक मेटाउनका लागि स्वस्थकर खाना खानुको सट्टा पछिल्लो समय युवाहरु जंक फुडमा बढी ध्यान दिन्छन् । यसले क्यालोरीको मात्रा बढाउँछ । जसको सीधा असर म...
कोरोनाले रोकिएको नेपाल भारत मैत्री बस सेवा आइतवारदेखि पुनः शुरु हुने

कोरोनाले रोकिएको नेपाल भारत मैत्री बस सेवा आइतवारदेखि पुनः शुरु हुने

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १३ कात्तिक । कोरोना महामारीका कारण दुई वर्षदेखि रोकिएको नेपाल भारत मैत्री बस सेवा आइतवारबाट पुन सञ्चालनमा आउने भएको छ । कोरोनाको कहर कम भएकोले नेपालगञ्जबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनउ र हरिद्धारका लागि नेपाल–भारत यात्रु मैत्री बस सेवा आइतवारदेखि फेरी शुरु गरिने भेरी यातायात प्रालिले जनाएको छ । भेरी यातायात प्रालिले नेपाली नम्बरको बस दिल्ली, लखनउ र हरिद्धारका लागि पुनः सञ्चालनमा ल्याउँदै छ । भेरी यातायात प्रालिका अध्यक्ष राजेन्द्र गिरिले कोरोनाले गर्दा दुई वर्ष अघि सो बस सेवा बन्द गर्नु परेको जनाउँदै त्यसबाट व्यवसायीलाई ठुलो नोक्सानी भएको तर सरकारले नहेरेको गुनासो गर्नुभयो । अहिले कोरोना घट्दै गएर अवस्था सामान्य बन्दै गएपछि फेरी सो बस सेवा शुरु गर्न लागिएको उहाँले बताउनुभयो । अध्यक्ष गिरीका अनुसार लखनउका लागि हरेक दिन ८ बजे नेपालग...
धारा सातौं नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री अथकले गर्ने

धारा सातौं नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री अथकले गर्ने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १३ कात्तिक । धारा सातौं नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले गर्ने निश्चित भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरी, पत्रकार जनक नेपाल र नेपाली क्रिकेट टीमका पूर्वकप्तान एलबी क्षेत्रीले युवा तथा खेलकुद मन्त्रालयमै पुगेर मन्त्री अथकलाई भेटेर प्रतियोगिताको उद्घाटन गर्ने तय गरेका हुन् । बाँके जिल्ला निवासी मन्त्री अथकले आफ्नै ठाउँमा हुँदै आएको राष्ट्रियस्तरको प्रतियोगिता उद्घाटन गर्न पाउदा आफू उत्साहित भएको प्रतिक्रिया दिनु भएको छ । नेपालगञ्ज म्याराथन मंसीर ४ गते शनिबार हुँदैछ । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीका बीचमा मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको दिनलाई स्मरण गर्न प्रत्येक वर्ष नेपालगञ्जमा म्याराथन हुने गर्दछ । यसपाली शनिबार पार्नका लागि घोषित मिति भन्दा एक दिनअघि म्याराथन आयोजना गरिएक...
चितुवाको छाला र हाडसहित तीन जना कोहलपुरबाट पक्राउ

चितुवाको छाला र हाडसहित तीन जना कोहलपुरबाट पक्राउ

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १३ कात्तिक । कोहलपुर प्रहरीले फेरी चितुवाको छाला र हाडसहित तीन जनालाई कोहलपुरबाट पक्राउ गरेको छ । उनिहरुलाई शुक्रवार राती पक्राउ गरिएको हो । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालका अनुसार वन्युजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरी टोलीले कोहलपुर ११स्थित सागर गेष्ठ हाउसको कोठा नम्बर २०५ मा छापा मार्दा तीनजनालाई चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाडसहित नियन्त्रणमा लिन सफल भएको हो । पक्राउ परेकाहरुमा बाँके राप्तीसोनारी ९ का ३५ वर्षिय हिरासिंह विक, सुर्खेत पंचपुरी नगरपालिका ७ बस्ने २४ वर्षका रमेश बयक र सोही ठाउँका २८ वर्षका बसन्त बिसी रहेको डीएसपी खनालले बताउनुभयो । उहाँले सो बारेमा थप अनुसन्धान भैरहेको पनि जनाउनुभयो ।...
जमुनाहा नाका प्रहरीद्धारा लागु औषध भित्रिन नदिन कडाई, भारतीय सुरक्षाकर्मीले पनि निगरानी बढाए

जमुनाहा नाका प्रहरीद्धारा लागु औषध भित्रिन नदिन कडाई, भारतीय सुरक्षाकर्मीले पनि निगरानी बढाए

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
सिराज खान नेपालगञ्ज, १३ कात्तिक । खुला सीमानाका कारण सीमापारी रुपैडिहाबाट दिनदिनै भित्रि रहेको लागु औषध ब्राउन सुगर भित्रिन नदिन हाल आएर जमुनाहा प्रहरीले विशेष निगरानी बढाएको छ । नेपाल भारत नाकास्थित जमुनाहा ईलाका प्रहरी कार्यालयको प्रमुखमा सरुवा भएर सई मिन बहादुर विष्ट गएलगत्तै नाकामा लागु औषध भित्रिन नदिन कडाई शुरु गरिएको थियो । प्रहरीले गरेको कडाईकै कारण अहिले आएर दिनदिनै लागु औषध भित्रयाउनेहरु प्रहरीको फन्दामा पर्न थालेका छन् । सोही क्रममा जमुनाहा नाकामा चेकजाँचका क्रममा प्रहरीले दुई दिन अघिमात्रै १५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगरसहित महादेवस्थान ३ काभ्रेका ३४ वर्षीय मानबहादुर रोकालाई पक्राउ गरेको थियो । लागु औषध भित्रयाउन नयाँ नयाँ तरिका प्रयोग गर्दै आएकोमा आलुको झोलाभित्र लुकाइ नेपाल ल्याउँदै गरेको अवस्थामा १५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगर नियन्त्रणमा लिईएको बाँकेका प्रहरी प्...
सीमा नाकामा थप कडाइ गर्ने केन्द्रिय सुरक्षा समितिको निर्णय

सीमा नाकामा थप कडाइ गर्ने केन्द्रिय सुरक्षा समितिको निर्णय

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाण्डौ, १३ कात्तिक । सरकारले सीमा नाकामा थप कडाई गर्ने निर्णय गरेको छ । केन्द्रीय सुरक्षा समितिको बैठकले सो निर्णय गरेको छ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको बैठकमा अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थप कडाइ गर्ने, नाकामा सीसीटीभी जडान गर्ने, नाकामा आवत–जावत गर्दा अनिवार्य रुपमा परिचयपत्र देखाउनुपर्ने व्यवस्था गर्ने र अध्यागमन एवं सुरक्षा निकायको परिचालन अझ प्रभावकारी बनाउने निर्णय भएको छ । बैठकमा गृहमन्त्री खाणले अनाधिकृत रुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिने सीमा नाका एवं अन्तर्राष्ट्रिय विमानस्थलहरु कडाइ गर्नुपर्नेमा जोड दिनु भएको छ। पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेकोले नाकामै स्वास्थ्य जाँच गर्ने निर्णय समेत बैठकमा भएको छ । त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा पनि बैठकमा छलफल भएको गृहमन्त्री खाणको ...
युवाका लागि दिर्घकालिन योजना बनाउन मन्त्री अथकद्धारा निर्देशन

युवाका लागि दिर्घकालिन योजना बनाउन मन्त्री अथकद्धारा निर्देशन

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौं, १२ कात्तिक । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गर्नुभएको छ । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषदका सदस्यहरुले मन्त्री अथकलाई फुल गुच्छाले सम्मान गरेका थिए । त्यसक्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरिक्षण गर्नुभयो । निरिक्षण पछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिदैं मन्त्री अथकले युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गर्नुभयो । ४० प्रतिशत बढि युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर योजनाहर...
वातावरण विभाग र ट्राफिक कार्यालय बाँकेको संयुक्त टोलीद्धारा सवारी प्रदुषण  परीक्षण

वातावरण विभाग र ट्राफिक कार्यालय बाँकेको संयुक्त टोलीद्धारा सवारी प्रदुषण परीक्षण

ताजा-अपडेट, प्रविधि, मुख्य समाचार
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, कात्तिक १२ । बन तथा वातावरण मन्त्रालय बातावरण विभाग र जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले शुक्रवार नेपालगञ्जमा सवारी साधनहरुको प्रदुषण परीक्षण गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरिक्षक ऐन बहादुर मल्लका अनुसार बन तथा वातावरण मन्त्रालय बातावरण विभागका मेकानिकल अधिकृत विजय अधिकारीको उपस्थितिमा डिजेल तथा पेट्रोल सवारी साधनहरुको सवारी प्रदुषण परिक्षण गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २० मनिकापुरमा सवारी प्रदुषण परिक्षण गर्ने क्रममा २७ वटा पेट्रोल सवारी साधन परिक्षण गर्दा ३ वटा सवारी साधन प्रदुषण परिक्षणमा फेल भएको र २७ वटा डिजेल सवारी साधन परिक्षण गर्दा १३ वटा सवारी साधन प्रदुषण परीक्षणमा फेल भएको जिल्ला ट्राफिक प्रमुख मल्लले बताउनुभयो । उहाँले पहिलो पटक सम्झाई बुझाई गरि पठाइएको र क्रमश अन्य दि...