ब्राउनसुगर तस्करीको जालो रुपैडियादेखि काठमाण्डौसम्म
सिराज खान
नेपालगञ्ज, फागुन १० । सीमाना पारी रुपैडियाबाट हुँदै आएको लागु पदार्थ ब्राउनसुगर तस्करीको जालो रुपैडियादेखि काठमाण्डौसम्म फैलिएको खुलासा भएको छ । काठमाण्डौ लैजान लागेको ४ लाख रुपियाँको ब्राउनसुगरसहित बर्दियाका एक युवकलाई मंगलवार प्रहरीले पक्राउ गर्न सफल भएपछि सो जालो को खुलासा भएको हो ।
यसअघि पनि प्रहरीले बाँके, सुर्खेत र दांग लैजान भनि भित्र्याईएको ब्राउनसुगरलाई जमुनाहा नाका र नेपालगञ्ज तथा कोहलपुरबाट पटक पटक नियन्त्रणमा लिंदै आएको थियो, तर मंगलवार काठमाण्डौ लैजान ल्याईएको ब्राउनसुगर बरामद गरिएपछि ठुलो नेटवर्कले लागु औषध तस्करी गरिरहेको आशंका उत्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले लागु औषधको ओसारपसार र तस्करी नियन्त्रणमा सक्रिय रहेको बाँके प्रहरीले काठमाण्डौं लैजाने भन्दै रुपैडियाबाट ४ लाखमा खरिद गरिएको ब्राउन सुगरसहित नेपालगञ...









