१६ बैशाख २०८१, आईतवार

ताजा-अपडेट

वेस्टर्न मार्टको शुभारम्भ धनतेरसका दिनबाट गरिंदै, उपभोक्तालाई २५ प्रतिशतसम्म छुट दिईने

वेस्टर्न मार्टको शुभारम्भ धनतेरसका दिनबाट गरिंदै, उपभोक्तालाई २५ प्रतिशतसम्म छुट दिईने

ताजा-अपडेट, ब्यापार, मुख्य समाचार
सिराज खान नेपालगञ्ज, कात्तिक १२ । पश्चिम नेपालको केन्द्र नेपालगञ्जमा करोडौंको लगानीमा तयार गरिएको अत्याधुनिक शपिंग मल वेस्टर्न मलमा दिपावली र तिहारको अवसरमा वेस्टर्न मार्ट सञ्चालनमा आउने भएको छ । सो मार्टको उदघाटन धनतेरसका दिन कात्तिक १६ गते गरिने भएको छ । कोरोना कहरकैविच वेष्टर्न विजनेश गु्रपले नेपालगञ्जको सुर्खेतरोडमा अत्याधुनिक सुविधा सहितको वेस्टर्न मल र मार्टको निर्माण पुरा गरेको विजनेश गु्रपका अध्यक्ष सञ्जय थापाले बताउनुभयो । उहाँले विजनेश ग्रुपका सदस्यहरु र बैंकको गरेर करोडौंको लगानीमा तयार गरिएको यो मल लुम्बिनी प्रदेशकै पहिलो अत्याधुनिक मलका रुपमा रहेको दाबी गर्नुभयो । सो मलमा रहेको ५० हजार स्क्वायर फिट क्षेत्रफल भित्र बिभिन्न ब्राण्डका सोरुमहरु, मनोरञ्जनका साधनहरु र बिषेश गरी बच्चाहरुलाई लक्षित गरि इनडोर गेमिङ्ग जोन रहने कम्पनीले जनाएको छ । ‘यसका अलावा अन्तराष्ट्रिय स्तरको से...
आज २० सदस्यीय टोलीसहित बेलायत जाँदै प्रधानमन्त्री देउवा

आज २० सदस्यीय टोलीसहित बेलायत जाँदै प्रधानमन्त्री देउवा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
काठमाण्डौ, १२ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि ‘यूएनएफसीसीसी’ को २६औँ सम्मेलन ‘कोप(२६’मा भाग लिन आज शुक्रबार बेलायत जाँदैहुनुहुन्छ । १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत प्रस्थान गर्न लाग्नु भएको हो । कोप २६ मा विश्वका राष्ट्रसरकार प्रमुखको सहभागिता रहनेछ । गत असारमा प्रधानमन्त्रीमा निर्वाचित भएपछि देउवाको पहिलो विदेश भ्रमण हो ।टोलीमा वन तथा वातावरणमन्त्री रामसहाय यादव, वन तथा वातावरण सचिव पेमनारायण कँडेल,अर्थ सचिव मधुकुमार मरासिनी, ऊर्जा सचिव देवेन्द्र कार्की, गृह सचिव टेकनारायण पाण्डे,परराष्ट्र सचिव भरतराज पौड्याल र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी पनि रहनु हुनेछ । प्रधानमन्त्री देउवाले नेपालका लागि सर्वदलीय संसदीय समूह र बेलायत९नेपाल व्याप...
टी ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाको लगातार दोस्रो जित

टी ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाको लगातार दोस्रो जित

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, १२ कात्तिक। आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । समूह १ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर चम्किँदा श्रीलंका ७ विकेटले पराजित भयो। वार्नरले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान आरोन फिन्चले ३७ रन जोड्दा ग्लेन म्याक्सवेल ५ रनमा आउट भए । स्टिभ स्मिथ २८ रनमा अविजित रहदा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा १५४...
लुम्बिनी प्रदेशमा सञ्चारमैत्री विधेयक तयार पारिनेछ –सञ्चारमन्त्री शर्मा

लुम्बिनी प्रदेशमा सञ्चारमैत्री विधेयक तयार पारिनेछ –सञ्चारमन्त्री शर्मा

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
बुटवल,१२ कात्तिक। लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री तिलकराम शर्मा ‘हिमाल’ ले लुम्बिनी प्रदेशमा सञ्चार मैत्री विधेयक निर्माणका लागि सरकारले पहल गर्ने बताएका छन् । संचारलाई अंकुश लगाउने खालको बिधेयक प्रदेशसभामा पेश गर्ने कार्यसूचीमा चढिसकेपछि पनि सभामा पेश नगरि पत्रकार महासंघका नेताहरुसँग भेट गरेका मन्त्री शर्माले सञ्चारमैत्री बिधेयक बनाउन पहल गर्ने आश्वासन दिएका हुन् । सरकारले प्रस्ताव गरेको सञ्चार विधेयकमा रहेका सञ्चार विरोधी दफाहरुलाई हटाउन र सञ्चामैत्री बनाउन आवश्यक बुँदाहरु समावेश गर्ने सुझाव लिएर सञ्चार मन्त्रालय पुगेका महासंघको लुम्बिनी प्रदेश समितिको टोलीसँग कुरा गर्दै मन्त्री शर्माले पत्रकारहरुका हितमा विधेयक बनाउने कुरामा आफूले सहजीकरण एवं पहल गर्ने बताए । टोलीले विधेयकमा समावेश गर्नु पर्ने विषयका बुँदा तयार गरि सञ्चारमन्त्री शर्मालाई बुझाएको छ । महासं...
धारा सातौं नेपालगञ्ज म्याराथनमा राजेश हमाल दौडिने

धारा सातौं नेपालगञ्ज म्याराथनमा राजेश हमाल दौडिने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, ११ कात्तिक । धारा सातौं नेपालगञ्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन् । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा मंसीर ४ गते सातौं संस्करण हुँदैछ । आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले अतिथिको रुपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिए । अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगञ्ज म्याराथनमा महानायक हमालको उपस्थितिले अझ हौसला थपिएको बताए । नेपालगञ्ज म्याराथनमा यसपाली दश वटा इभेन्ट रहेका छन् । फूल म्याराथन, हाफ म्याराथन, १० किलोमिटर मेन्स ओपन, ५ किलोमिटर ओमेन ओपेन्स, ५ किलोमिटर स्कूल बोय, ३ किलोमिटर स्कूल गल्र्स, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट, वाकाथन र ह्वीलचियर प्रतियोगिता रहेका छन् । यसपालीको म्याराथनमा सात हजारलाई दौडाउने तयारी भएको छ । देशी, विदेशी धावकसँगै जिल्लाका गन्यमान्य ...
धानबालीमा क्षति व्यहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने निर्णय

धानबालीमा क्षति व्यहोरेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने निर्णय

अर्थ, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, ११ कात्तिक । सरकारले बाढीपहिरो र डुबानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० कठ्ठाभन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । प्रवक्ता कार्कीका अनुसार ३ विघासम्म जग्गा भएका किसानलाई क्षतिको ३० प्रतिशत र ३ विघाभन्दा बढी जग्गा भएका किसानलाई २० प्रतिशत राहत दिने निर्णय भएको छ ।...
मान्छे खाने बाघ नियन्त्रणमा नआउँदा राजमार्ग नजिक त्रास कायमै

मान्छे खाने बाघ नियन्त्रणमा नआउँदा राजमार्ग नजिक त्रास कायमै

ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज पाटी समाचार नेपालगञ्ज, कात्तिक ११ । बाँकेको पुर्वपश्चिम राजमार्गमा रहेको गाभर क्षेत्रमा एक महिना अघि मान्छे खाएर सोही क्षेत्रमा रहेका बाघ अझै नियन्त्रणमा नआउँदा सो वरिपरिका गाउँबस्तीमा त्रास र डर कायमै रहेको छ । सोही त्रास र डरका कारणले गाभर लगायतका क्षेत्रका वासिन्दा घरबाट निस्कन समेत डराई रहेका छन् भने उनिहरुले दसैं जस्तो चाडपनि घरमै कैद भएर मनाएको दुखेसो सुनाएका छन् । बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जंगलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरेपनि अझै नियन्त्रणमा लिन सकेको छैन । उक्त क्षेत्रमा केही दिनअघि चार वटा पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए । अहिले ती बाघ गाभर र सौरीबीचकै जंगलमा घुमिरहेको पाईएको निकुञ्ज कार्यालयले जनाएको छ । बाघ नियन्त्रणमा नआउँदा गत एक महिनादेखि पशु चौपायालाई घरभ...
बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

बागमती प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र पाण्डे नियुक्त

ताजा-अपडेट, मुख्य समाचार, राजनीति
हेटाैंडा,कात्तिक ११ गते । बाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेता राजेन्द्र पाण्डे नियुक्त हुनुभएको छ । उहाँ नेकपा एकीकृत समाजवादी पार्टी बाग्मती प्रदेश संसदीय दलका नेता हुनुहुन्छ । बिहीबार दिउँसो प्रदेश प्रमुख यादवचन्द्र शर्माले पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । नवनियुक्त मुख्यमन्त्री पाण्डेको हेटौडा १० स्थित प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गर्नुभएकाे छ । गठबन्धनबाट पहिलो चरणमा मुख्यमन्त्री पाण्डेसहित माओवादी केन्द्रका उपनेता कुमारी मोक्तान, काँग्रेस उपनेता कृष्णलाल भँडेल र नेकपा (एस)का उपनेता कृष्ण खनालले शपथ लिनु भएकाे छ ।अान्तरिक मामिला तथा कानुन मन्त्रीमा कृष्णप्रसाद खनाल, सामाजिक विकास मन्त्री कुमारी मुक्तान र भाैतिक पूर्वाधार विकास मन्त्री कृष्णलाल भडेल रहनु भएकाे छ ।...
युवा तथा खेलकुद मन्त्रीलाई राखेपद्धारा स्वागत तथा सम्मान

युवा तथा खेलकुद मन्त्रीलाई राखेपद्धारा स्वागत तथा सम्मान

खेलकुद, ताजा-अपडेट
नेपालगञ्ज, ११ कात्तिक । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ९अथक०लाई राष्ट्रिय खेलकुद परिषद ९राखेप० का पदाधिकारीहरुले स्वागत तथा सम्मान गरेका छन । राखेपका अध्यक्ष समेत रहेका मन्त्री अथकलाई बुधबार दशरथ रंगशालामा आयोजित एक कार्यक्रमका बिच राखेपका उपाध्यक्ष शिव कोईराला सहितका पदाधिकारी तथा खेलाडीहरुले स्वागत तथा सम्मान गरेका हुन । स्वागत समारोहमा बोल्दै मन्त्री अथकले खेलकुद क्षेत्रको विकासकालागी सबै मिलेर अगाडी बढ्नुपर्ने बताए । काम गर्ने समयमा राजनिति गर्न नहुने बताउँदै मन्त्री अथकले खेलकुद क्षेत्रलाई राजनितिबाट मुक्त गराउनु आफ्नो मुख्य लक्ष्य रहेको प्रष्ट पारे । “यो राजनिति गर्ने समय होईन” मन्त्री अथकले भने, “खेलकुदलाई राजनितिबाट मुक्त बनाउँदै सम्मानित क्षेत्रका रुपमा विकास गर्न आवश्यक देखिएको छ ।” खेलकुद ऐनका विषयमा बाहिर चल्लेका हल्लाप्रति लक्षित गर्दै मन्त्री अथकले खेल क्षेत्रको व...
कात्तिक २९ गतेसम्मका लागि प्रतिनिधिसभा स्थगित

कात्तिक २९ गतेसम्मका लागि प्रतिनिधिसभा स्थगित

ताजा-अपडेट, राजनीति
काठमाडौं, कात्तिक ११ गते । प्रतिनिधि सभा बैठक कात्तिक २९ गतेसम्मका लागि स्थगित भएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाउनुभएको थियो । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । सभामुख सापकोटाले कात्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित गर्नुभएको छ । (रासस)...