डुुडुवा गाउँपालिकाद्धारा १२२ छात्रालाई साइकल वितरण
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २९ । छात्रालाई शिक्षामा टिकाइ राख्नका लागि डुडुवा गाउँपालिकाले छात्रा प्रोत्साहन अन्र्तगत एसइइ पास गरेका १२२ छात्राहरुलाई साईकल वितरण गरेको छ । बजारसम्म गएर उच्च शिक्षा हाँसिल गर्न सहजता तथा उत्प्रेरणाका लागि गाउँपालिका अन्र्तगतका विद्यालयहरुका छात्रालाई साईकल वितरण गरिएको हो ।
विक्रम सम्बत २०७७ सालमा एसईई पास गरेका गाउँपालिकाका ५ वटा माध्यमिक विद्यालयका १२२ जना छात्रालाई साईकल वितरण गरिएको हो ।
शनिबार एक समारोहका विच साईकल वितरण गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले किशोरीहरुलाई उच्च शिक्षा हाँसिल गर्न प्रोत्साहन गरेका भन्दै भोलीका दिनमा उच्च शिक्षा हाँसिल गर्न बजार आउजाउ गर्न मद्दत पुग्ने बताउनुभयो ।
उहाँले विशेष गरि मधेशी समुदायका किशोरीहरु साधारण कक्षा पढेपछि विभिन्न कारणले उच्च शिक्षा हाँसिल गर्न नसकेको समस्यालाई यो कार्यक्रमले अन्त...









