पौडीमा विजयी हुने महिला खेलाडीलाई राखेपका सदस्य विष्टद्धारा पदक र प्रमाणपत्र वितरण
समाचारदाता
पोखरा, कात्तिक १ । नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा विजयी हुनुभएका महिला खेलाडीहरुलाई मंगलवार राष्टिय खेलकुद परिषदका सदस्य तथा प्रचार प्रसार उपसमितिका संयोजक दिपेन्द्र विष्टले पदक, प्रमाणपत्र र पुरस्कार वितरण गर्नुभयो । उहाँले महिलातर्फको विभिन्न विधामा पदक प्राप्त गर्ने खेलाडीहरुलाई मेडल, प्रमाणपत्र र पुरस्कार वितरण गर्नु भएको हो ।
सो अवसरमा खेलाडीहरुलाई बधाई तथा शुभकामना दिंदै उहाँले अब अन्तराष्टिय प्रतियोगितामा पनि देशका लागि पदक जित्ने उत्साह र उदेश्य बोेकेर तयारीमा लाग्न आग्रह गर्नुभयो ।
प्रतियोगितामा पौडीतर्फ आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र १ कास्य सहित १६ पदक सहित दोस्रो र एपिएफ ३ स्वर्ण, ४ रजत र ६ कास्य सहित १३ पदक सहित तेस्रो भएको छ ।
आर्मीले मह...









