युवा तथा खेलकुद मन्त्री अथकसहितको नेपाली टोली रुस पुग्योे, भव्य स्वागत
नेपालगञ्जपाटी डेस्क
नेपालगञ्ज, ३१ जेठ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) मस्को पुग्नुभएको छ । सोमबार बिहान नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै रुसको पाँच दिने औपचारीक भ्रमणमा निस्कीनुभएका मन्त्री अथक दुबई हुँदै मंगलवार बिहान रुसको राजधानी मस्को पुग्नुभएको हो ।
मस्को विमानस्थलमा मन्त्री अथकसहितको नेपाली प्रतिनिधि मण्डललाई नेपाली दुतावास तथा एन.आर.एन. का प्रतिनिधिले स्वागत गरेका छन । रसिया सरकारका खेलकुद मन्त्री ओलेग भी म्याटिसिनको औपचारीक निमन्त्रणामा रुस पुग्नुभएका मन्त्री अथकले आजै खेलकुद मन्त्री म्याटिसिनसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव दामोदर रेग्मीले जानकारी दिनुभयो ।
पाँच दिने भ्रमणका क्रममा मन्त्री अथकले “रसिया–नेपाल खेलकुद सहयोग कार्ययोजना २०२२–२०२३” मा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । साथै रुसले खेलकुद क्षेत्रको विकासकालागि अवलम्वन ग...









