२२ बैशाख २०८१, शनिबार

खेलकुद

भारतको हरियाणा र सेनाको त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप महिला भलिबलको सेमीफाइनलमा

भारतको हरियाणा र सेनाको त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप महिला भलिबलको सेमीफाइनलमा

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, चैत १२ । आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमीफाइनल खेल निकै भिडन्त हुने भएको छ । भारतको हरियाणा स्पोर्ट्स क्लब र त्रिभुवन आर्मी क्लबले आआफ्नो समुहबाट विजेता बन्दै सेमीफाइनल यात्रा तय गरेका छन् । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिवार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको छ । उक्त खेलमा हरियाणाकी ११ नं. जर्सीकी निर्मल प्लेयर अफ द म्याच घोषित भइन् । निर्मल नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग)मा भारतीय राष्ट्रिय भलिबल टिमकी कप्तान थिइन् । उनलाई नेपालगन्ज म्याराथनकी संरक्षक सदस्य शशी स्वाँर, बागेश्वरी क्युएफएक्स सिनेमाका म्यानेजर सञ्जीव शाक्य, सुपरभिजन केवल टिभीका संचालक विनोद अग्रहरी र ह्याण्डबलका राष्ट्रिय खेलाडी रोशन श्रेष्ठले पुरस...
मैत्रीपुर्ण भेटरान्स क्रिकेटमा बाँके ११ विजयी

मैत्रीपुर्ण भेटरान्स क्रिकेटमा बाँके ११ विजयी

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २८ । श्री भैरव प्रसाद गण इमाम नगर बाँकेको आयोजना र बाँके जिल्ला क्रिकेट संघको प्राविधिक सहयोगमा ४ नम्बर ब्रिगेड स्पोर्टस कम्पलेक्स राँझामा शनिवार खेलिएको मैत्रीपुर्ण भेटरान्स क्रिकेट खेलमा बाँके ११ ले नेपाली सेनाको वेस्टर्न हेडक्वाटरलाई २० रनले पराजित गरेको छ । वेस्टर्न हेडक्वाटरले टस जितेर पहिले फिल्डिंग गर्ने निर्णय गरेपछि बाँके ११ ले निर्धारित ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाउन सफल भएको थियो । सो खेलमा बाँके ११ का तर्फबाट हिमालय शाहले ३८, दुर्गा बहादुर थापाले ३१ र जमिल अन्सारीले १७ रनको योगदान गरेका थिए । वेस्टर्न हेडक्वाटरका बलर दिप बाबु श्रेष्ठ र निरन्जन धामीले २–२ विकेट प्राप्त गरेका थिए । १५६ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको वेस्टर्न हेडक्वाटरले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १३५ रन मात्र बनाउन सफल भएपछि २० रनले पराजित हुन पुगेको ...
प्रधानमन्त्री कप भलिबललाई होटल सेन्ट्रल प्लाजाको साथ

प्रधानमन्त्री कप भलिबललाई होटल सेन्ट्रल प्लाजाको साथ

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन २८ । नेपालगन्जमा चैत १० देखि १४ गतेसम्म आयोजना हुने प्रधानमन्त्री कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको लागि पाँच तारे होटल सेन्ट्रल प्लाजाले प्रायोजन सहयोग गरेको छ । सेन्ट्रल प्लाजाले प्रतियोगितामा सहभागी टोली तथा अफिसियललाई आवास तथा भोजनको व्यवस्थापन सहयोग गर्न लागेको हो । प्रायोजन सम्बन्धी सम्झौता पत्रमा शनिबार सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले हस्ताक्षर गर्नुभएको छ । प्रतियोगितामा देशका चर्चित क्लबहरुसँगै भारतका क्लबलाई पनि सहभागी गराउने प्रयास भइरहेको प्रतियोगिताका संयोजक समेत रहनुभएका ठकुरीले जानकारी दिनुभयो । सहभागी टोलीबारे छिट्टै जानकारी दिईने बताईएको छ । प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लब साविक विजेता हो ।  ...
जिल्ला लिग फुटबलमा जय किसन र युनाइटेडको जित

जिल्ला लिग फुटबलमा जय किसन र युनाइटेडको जित

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगन्ज, १७ फागुन । न्यु डाँफे स्पोर्टस क्लब र युनाइटेड युथ क्लबले मंगलबार जिल्ला लिग फुटबलमा जित हासिल गरेका छन । न्यु डाँफेले जय किसन स्पोर्टस क्लबलाई १–० ले हरायो । न्यु डाँफेका लागि बिमल बस्नेतले ९औं मिनेटमा गोल गरेका थिए । नेपालगन्ज रंगशालामा भएको अर्को खेलमा युनाइटेडले बुद्ध युवा क्लबलाई २–० ले पराजित गरेको थियो । युनाइटेडका लागि भिमसेन थापाले १९औं मिनेट र विभुषण केसीले ७५औं मिनेटमा गोल गर्दै सफलता दिलाए । बाँके जिल्ला फुटबल संघको आयोजनामा सुरु भएको जिल्ला लिग फुटबलको फागुनको ३० गते सम्म चल्नेछ । लिग फुटबलमा बाँके जिल्ला फुटबल संघसँग आवद्ध ११ टिमले प्रतिस्पर्धा गरिरहेका छन । लिगमा सहभागी टिमलाई दुइ समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा धम्बोझी, कारकाँदो, ओशोनिक, मिलन युवा, रेसिङ सहारा क्लब रहेका छन । यसैगरी समुह ‘बी’ मा मोडेल टिम, बुद्ध युवा क्लब, जय किसन स्प...
सेनाको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता सुरु, भैरवप्रसाद गण विजयी

सेनाको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता सुरु, भैरवप्रसाद गण विजयी

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ११ । नेपाली सेनाको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिता नेपालगञ्जमा बुधवारबाट सुरु भएको छ । पश्चिम कमाण्डअन्तर्गतका चारवटा बाहिनी अड्डाका आठवटा युनिटले प्रतियोगितामा भाग लिएका छन् । उद्घाटन खेलमा भैरवप्रसाद गण, नेपालगञ्जले जुम्लाको नन्दबक्स गणलाई ३–१ गोलले पराजित गरेर अग्रता कायम गरेको छ । खेल सुरु भएको एक मिनेटमै नन्दबक्स गणले श्यामबहादुर विष्टको गोलमा अग्रता लिएको थियो । खेल सुरु हुने वित्तिकै गोल खाएपछि भैरवप्रसाद गणका खेलाडी आक्रमक बनेका थिए । ५२ मिनेटमा भुपेन्द्र रानाको गोलमा भैरवप्रसाद गण बराबरीमा आएको थियो । त्यसपछि भैरवप्रसादले लगातार दबाबमा राखेको थियो । ८१ मिनेटमा संगम चौधरी र ८९ मिनेटमा भुपेन्द्र रानाले नै गोल गरेपछि भैरवप्रसाद गण विजयी भएको हो। यसअघि प्रतियोगिताको उद्घाटन श्री नम्बर ४ बाहिनी अड्डाका निमित्त बाहिनीपति महासेनानी उत्...
मैत्रीपुर्ण फुटबलमा प्रमुख सेनानी कार्कीको गोलले सेनाको टोली विजयी

मैत्रीपुर्ण फुटबलमा प्रमुख सेनानी कार्कीको गोलले सेनाको टोली विजयी

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, फागुन ५ । नेपालगञ्जमा खेलिएको भेटरान मैत्रीपुर्ण फुटबल खेलमा नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वार्टरले रोयल नेपालगञ्ज फुटबल क्लबलाई पराजित गरेको छ । पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीको कप्तानीमा रहेको नेपाली सेनाको टोलीले एन्फा लुम्बिनीका उपाध्यक्ष सुर्यमणी अधिकारीको कप्तानीमा रहेको रोयर नेपालगञ्ज फुटबल क्लबलाई १ का विरुद्ध २ गोलले पराजित गरेको हो । खेलको पहिलो गोल रोयलका अमृत श्रेष्ठले गर्नु भएको थियो । त्यसपछि सेनाको टोलीबाट प्रमुख सेनानी प्रदीप थापाले गोल गरेर खेललाई बराबरीमा पुरयाउनु भएको थियो । विजयका लागि दुबै टोलीविच निकै संघर्ष भएपनि अन्तत विजयी गोल सेनाको टोलीले गरेको थियो । पश्चिम कमाण्डका सेनापति शाहीको पासमा भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले विजयी गोल गरेर सेनालाई जित दिलाउनु भएको थियो । यसअघि पनि पश्चिम कमाण्डका सेनाप...
खेलकुद मन्त्री अथकको प्रस्तावमा सरकारद्धारा फुटवल प्रशिक्षक अल्मुताइरीलाई सम्मान

खेलकुद मन्त्री अथकको प्रस्तावमा सरकारद्धारा फुटवल प्रशिक्षक अल्मुताइरीलाई सम्मान

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ २१ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई शुक्रवार सम्मानित गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गर्नुभयो। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक को विशेष पहलमा गत कात्तिक १ गते बसेको मन्त्रीपरिषदको बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो । असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्काले पुरस्कृत गर्ने निर्णय अन्तर्गत अल्मुताइरीलाई सम्मान गरीएको हो । यसअघि सरकारले गत पुष ६ गते नेपाली राष्ट्रि...
खेलाडीको हौसला बढाउन रंगशाला पुगे खेलकुद मन्त्री अथक

खेलाडीको हौसला बढाउन रंगशाला पुगे खेलकुद मन्त्री अथक

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, माघ १५ । नेपाल र मौरिसस बीचको दशरथ रंगशालामा जारी फुटबल हेर्न युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज रंगशाला पुग्नु भएको छ । मैत्रीपूर्ण खेल भएपनि खेलाडीको मनोबल बढाउनका लागि मन्त्री अथक फुटबल हेर्न रंगशाला पुग्नु भएको उहाँका स्वकीय सचिव दिलिप सोनीले जानकारी दिनुभयो । नेपाल र मौरिससको खेल हेर्न मन्त्री अथकसँगै खेलकुद सचिव डा दामोदर रेग्मी, नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमेद अल हाइल पनि सहभागि हुनभयो । कतारले नेपाली फुटबलका लागि सहयोग गर्दै आएको छ । मौरिसस विरुद्ध नेपाली टोली घरेलु मैदान र दर्शकको साथमा उच्च मनोबलका साथ प्रतिस्पर्धामा उत्रिएको छ । नेपाली प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले चोटका कारण संघर्ष गरिरहेका केही खेलाडीहरु डिफेन्डर अनन्त तामाङलाई आराम दिएका छन् । खेलको पूर्व सन्ध्यामा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मौरिससविरुद्ध...
खेलकुद मन्त्री अथकद्धारा गौतमबुद्ध रंगशालाको निर्माण अगाडी बढाउन निर्देशन

खेलकुद मन्त्री अथकद्धारा गौतमबुद्ध रंगशालाको निर्माण अगाडी बढाउन निर्देशन

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार चितवन, १३ माघ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले भरतपुरस्थित निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्थलगत अनुगमन गर्नुभएको छ । मन्त्री अथकको नेतृत्वमा मन्त्रालयका सचिव दामोदर रेग्मी सहित बिहिबार चितवन पुगेको मन्त्रालयको टिमले रंगशालाको स्थलगत निरिक्षण गरेको हो । निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको सम्बन्धमा भरतपुर महानगरपालिकाद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी हुन चितवन पुग्नुभएका मन्त्री अथकले रंगशालाको निरिक्षण तथा अवलोकन गर्नुभएको हो । रंगशाला निरिक्षण पछिको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री अथकले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरेरै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ । उक्त रंगशालालाई गौरबको आयोजनामा समेटी यहि आर्थिक वर्षबाट काम सुरु हुनेगरी तयारी थाल्न मन्त्री अथ...
खेलकुदमन्त्री अथकद्धारा बक्सिङ टिमलाई बिदाई

खेलकुदमन्त्री अथकद्धारा बक्सिङ टिमलाई बिदाई

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौं, माघ ३ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले अन्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गर्नुभएको छ । जनवरी २० देखी ३० सम्म उजेकीस्तानको तास्कन्दमा आयोजना हुनगईरहेको बक्सिंग प्रतियोगितामा सहभागीहुने नेपाली खेलाडी तथाप्रशिक्षकलाई खेलकुदमन्त्री अथकले बिदाई गर्नुभएको हो । प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्दै उजेकीस्तान जान लागेकी एक मात्र खेलाडी शुष्मा तामाङलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिनुभयो । बक्सिङको विश्ववरियतामा जुनियर तर्फ छैठौं नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेलक्षेत्रले ठुलो आशा गरेको बताउँदै मन्त्री अथकले भन्नुभयो, “पदक लिएर फर्कनुहोस, अग्रिम शुभकामना ।” बक्सिङका अन्तराष्ट्रिय अध्यक्षले समेत नेपालको औपचारीक भ्रमण गरीसकेको तर्फ ईगिंतगर्दै मन्त्री अथकले भन्नुभयो, “बक्सिङको अन्तराष्ट्रिय अध्यक्ष नेपाल ...