खेलकुद

कोहलपुरमा १ अर्ब २२ करोडको राष्टिय महिला क्रिकेट एकेडेमी निर्माण गरिंदै

कोहलपुरमा १ अर्ब २२ करोडको राष्टिय महिला क्रिकेट एकेडेमी निर्माण गरिंदै

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
मन्त्री अथकद्धारा भव्य समारोहमा एकेडेमीको शिलान्यास नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मङ्सिर ५ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथकले आइतवार बाँकेको कोहलपुरमा ‘राष्ट्रिय क्रिकेट महिला एकेडेमी’को शिलान्यास गर्नु भएको छ । बाँकेको कोहलपुर नगरपालिका वडा नं. ११ मा निर्माणाधिन अवस्थामा रहेको प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान परिसरमा मन्त्री गहतराजले महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्नु भएको हो । मन्त्री नियुक्त भएलगत्तै उहाँले कोहलपुरमा राष्ट्रिय क्रिकेट महिला एकेडेमी निर्माण गर्ने निर्णय गर्नु भएको थियो । शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री गहतराजले कोहलपुर क्रिकेट मैदान र राष्ट्रिय क्रिकेट महिला एकेडेमी मन्त्रालयको प्राथमिकतामा रहेको बताउनुभयो । एकेडेमी निर्माणकालागि फास्ट ट्रयाकमा डिपिआर तयार भईसकेको जानकारी दिदैं उहाँले केही दिनमै पुर्वाधार निर्माणको प्रक्रिया सुरु...
सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी एपीएफका बोगटीले जिते

सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी एपीएफका बोगटीले जिते

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, ४ मंसिर । सातौं धारा नेपालगन्ज म्याराथनको उपाधी एपीएफका किरणसिंह बोगटीले हात पार्नु भएको छ । १३ औं सागका गोल्ड मेडलिष्ट रहेका बोगटीले उपाधीसहित एक लाख रुपियाँ नगद पुरस्कार समेत प्राप्त गर्नुभयो । यस्तै हाफ म्याराथनको उपाधी गोल्ड धाधिंगकी सन्तोषी श्रेष्ठले जित्नुभयो । उहाँ पनि सागको स्वर्ण पदक विजेता हुनुहुन्छ । नेपालगन्ज म्याराथन विजेता बोगटीले निर्धारित दुरी ४२।१९५ किलोमिटर २ घण्टा २९ मिनेट ४१ सेकेण्डमा पुरा गर्दै उपाधी हात पार्न सफल हुनु भयो । बोगटीले नेपाली सेनाका नरेन्द्र रावललाई पछि पार्दै उपाधी जित्नुभयो । दोस्रो भएका सेनाका रावलले २ घण्टा ३३ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पुरा गर्न सफल हुनुभयो । एपिएफका सन्तोष विक्रम विष्टले २ घण्टा ३३ मिनेट ३४ सकेण्डमा पुरा गर्दै तेस्रो बन्नुभयो । यस्तै धादिङकी सन्तोषी श्रेष्ठले साविक विजेता एपिएफकी पुष्पा भण...
खेलकुद मन्त्री अथकले आइतवार महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्ने

खेलकुद मन्त्री अथकले आइतवार महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्ने

खेलकुद, ताजा-अपडेट, राजनीति
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर ३ । शनिवार र आइतवार जिल्लामा आयोजना हुने दुई वटा महत्वपुर्ण खेलसम्बन्धि कार्यक्रममा सहभागि हुन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) बाँके आउनु भएको छ । मन्त्री अथकले शनिवार विहान नेपालगन्जमा आयोजना गरिने नेपालगन्ज म्याराथनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने आइतवार बाँकेको कोहलपुरमा रहेको क्रिकेट मैदानमा निर्माण भर्ने भनिएको महिला क्रिकेट एकेडेमीको शिलान्यास गर्ने कार्यक्रम रहेको उहाँका प्रेस संयोजक संगीन शर्माले बताउनुभयो । मन्त्रीको पदभार ग्रहण गरे लगत्तै उहाँले पहिलो निर्णय कोहलपुरमा महिला क्रिकेट एकेडेमीको निर्माण गर्ने निर्णय गर्नु भएको थियो । सोही एकेडेमीको सिलन्यास आईतबार बिहान ९ बजे गर्ने कार्यक्रम रहेको छ । तिन दिने जिल्ला भ्रमणका क्रममा मन्त्री अथकले कोहलपुर क्रिकेट मैदान, नेपालगन्ज रंगशालाका तथा जिल्लाभित्र रहेका खेलकुदका अन...
नेपालगन्ज म्याराथनको उद्घाटन खेलकुद मन्त्री अथकले गर्ने, पुरस्कार राशीमा बृद्धि

नेपालगन्ज म्याराथनको उद्घाटन खेलकुद मन्त्री अथकले गर्ने, पुरस्कार राशीमा बृद्धि

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, मंसिर २ । आगामी मंसिर ४ गते नेपालगन्जमा हुन गइरहेको “७ औं धारा नेपालगन्ज म्याराथनको” उद्घाटन खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ले गर्नुहुने छ । आयोजक संस्था कृयटिभ ह्यान्ड्सले बिहीबार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्लावासी मन्त्री अथकले म्याराथनको उद्घाटन गर्ने औपचारिक जानकारी दिएको छ। मंसिर ४ गते शनिबार बिहान ७ बजेदेखि म्याराथनका खेलहरु सुरु हुने नेपालगन्ज म्याराथनका अध्यक्ष टिएस ठकुरीले जानकारी दिनुभयो। सो म्याराथन नेपालगन्ज उपमहानगरपालिका नजिक बिपी चोकदेखि सुरु भइ कोहलपुर चौराहदेखि उत्तरतर्फ पुगि सोही रुट हुँदै पुनः बिपीचोकमा पुगेर पूरा हुने जनाउँदै उहाँले म्याराथनमा राष्ट्रियस्तरका धावकहरु सहभागी हुने बताउनुभयो। म्याराथनमा लुम्बिनी, कर्णाली, प्रदेश नम्बर ७ का खेलाडीहरुले भाग लिने छन्। आयोजकका अनुसार यस् सातौं संस्करणमा दश विधा समावेश...
अन्डर १९ क्रिकेटमा बर्दियासंग बाँके पराजित, हारको जिम्मेवार को ?

अन्डर १९ क्रिकेटमा बर्दियासंग बाँके पराजित, हारको जिम्मेवार को ?

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
कसैले प्रशिक्षक, कसैले मैदान र कसैले खेलाडीलाई दोष दिएर पन्छिए सिराज खान नेपालगञ्ज, १ मंसिर । कुनै बेला बाँकेको क्रिकेट टीम नेपाल भरिनै सबैभन्दा अव्वल मानिन्थ्यो, जहाँ गएपनि अधिकांश खेल जितेरै फर्किन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन । विभिन्न कारणले गर्दा बाँकेको क्रिकेटको स्तर तल खस्किंदै गएको छ । यहाँसम्म कि हालसम्म कहिले पनि नहारेको टीमसंग पनि बाँकेले हारको सामना गर्नु पर्ने अवस्था आएको छ । अन्डर १९ छनोट प्रतियोगितामा बाँकेको टोलीले पहिलो पटक बर्दियासंग बुधवार हारको सामना गर्नु पर्यो । दांगको लमहीमा भैरहेको सो छनोट खेलमा बर्दियाको टोलीसंग बाँकेले हार खेप्नु परेपछि बाँकेका अधिकांश क्रिकेटप्रमी, वरिष्ठ खेलाडी देखि सर्वसाधारण समेत स्तब्ध भएका छन् । सोच्दै नसोचेको हार खेप्नुमा मुख्य जिम्मेवार को हो ? कसले यसको जवाफ दिने ? पहिलो पटक हारको कारण के हो ? खेलसंग खेलवाड कहिलेसम्म चल्छ ? ज...
प्रमुख सेनानी कार्कीद्धारा खेल पुर्वाधार र उपकरणका लागि पाँच लाख भन्दा बढीको सहयोग प्रदान

प्रमुख सेनानी कार्कीद्धारा खेल पुर्वाधार र उपकरणका लागि पाँच लाख भन्दा बढीको सहयोग प्रदान

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १ मंसिर । नेपालगन्ज रंगशालामा रहेको भारोत्तोलन भवन भित्रका शौचालय र बाथरुम मर्मत तथा निर्माण र खेल प्रशिक्षणका लागि उपकरण खरिद गर्न नेपाली सेनाका प्रमुख सेनानी जनमत बहादुर कार्कीले आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख रुपियाँको सहयोग गर्नुभएको छ । नेपालगन्जको राँझास्थित भैरवप्रसाद गणका गणपति समेत रहनु भएका प्रमुख सेनानी कार्कीले भारोत्तोलन भवनको शौचालय र बाथरुम मर्मत तथा निर्माणका लागि तीन लाख रुपियाँ बराबरको सामग्री सहयोग गर्नुभएको र खेल उपकरणका लागि दुई लाखको थप सहयोग गर्नु हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले बताउनुभयो । शौचालय र बाथरुममा सावर, धाराका टुटी लगायत आवश्यक पर्ने सामग्री नहुँदा खेलाडीलाई समस्या भएको महशुस गरेपछि प्रमुख सेनानी कार्कीले आफ्नो ब्यक्तिगत लगानीमा सो सामग्री खरिद गरि प्रदान गर्नुभएको मध्यपश्चिमाञ्चल क्ष...
प्रथम राष्टिय एलटीके पौडी प्रतियोगितामा स्प्रिङडेल एकेडेमीका विद्यार्थीको वर्चस्व, ६ स्वर्णसहित १८ पदक जिते

प्रथम राष्टिय एलटीके पौडी प्रतियोगितामा स्प्रिङडेल एकेडेमीका विद्यार्थीको वर्चस्व, ६ स्वर्णसहित १८ पदक जिते

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २९ कात्तिक । नेपालगञ्जस्थित स्प्रिङडेल एकेडेमीका विद्यार्थी अमित रावलले राष्ट्रव्यापी विद्यालय स्तरीय प्रथम एलटीके पौडी प्रतियोगितामा ३ वटा स्वर्ण पदक हात पारेका छन् । सोही विद्यालयका विशेष सिंह र सुबाङ बोहराले पनि दुई दुई स्वर्ण जितेका छन् । ११–१२ वर्ष उमेर समूहबाट अमितले ५० मिटर ब्याक स्ट्रोक, ५० मिटर फ्री स्टाइल र ५० मिटर फ्लाइमा स्वर्ण पदक जितेका हुन् । रावलले तीनवटा स्वर्ण जितेर आफुलँई अव्वल साबित गर्न सफल भएको र अन्य विद्यार्थिले पनि दुई दुई वटा स्वर्ण पदक जितेर नेपालगञ्जकै इज्जत बढाएको विद्यालयले जनाएको छ । प्रतियोगितामा स्प्रिङ डेल स्कुलकै दिवस रेग्मीले तीन रजत, ५ वर्ष माथिको ब्याक स्ट्रोकमा अजय परियारले एक रजत, सुमन न्यौपानेले एक रजत र २ कास्य, दिवस रेग्मीले एक रजत, सुशान्त बोहोराले एक रजत र एक कास्य, अनन्त प्याकुरेलले २ कास्य पदक जितेका छन् ...
अन्तरालद्धारा बैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने

अन्तरालद्धारा बैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २८ कात्तिक । लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्र बहादुर चन्दले बताए । यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपुर्ण हुनेछ, संयोजक चन्दले भने, खेलकुद विकास त मुख्य उद्देश्य हो । यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफनैं ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ ।’ अन्तराल इभेन्ट व्यवस्थापनमा मोफसलकै अग्रणी संस्था हो । १५ वर्ष देखी अन्तरालले खेलकुद, गीत ...
नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा

नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
खेल समाचार नेपालगञ्ज, २३ कात्तिक । नेपाल आइसिसी पुरुष टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा सीधै छनोट भएको छ । योसँगै नेपालले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नु नपर्ने भएको छ । आइसिसी टी–२० वरीयताका आधारमा नेपालले सीधै ग्लोबल छनोट खेल्न अवसर पाएको हो । अहिले नेपाल आइसिसी टी–२० को १३औँ स्थानमा छ । नेपालले जिम्बाबे, युएई, हङकङ तथा पपुवा न्युगिनीजस्ता राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सन् २०२२ को फेब्रुअरी तथा मे महिनामा ग्लोबल छनोट हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सीधै छनोटमा परे पनि ग्लोबल छनोटको तयारी तथा पुनः विश्वकप खेल्ने सपना पूरा गर्न धेरै म्याच एक्सपोजर आवश्यकता रहेको प्रतिक्रिया दिनु भएको छ । सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा नेपाल पहिलोपटक छनोट भएको थियो । कप्तान मल्लले ग्लोबल छनोट हुँदै विश्वकप खेल्ने सपना पूरा गर्ने बताउनुभयो। यसका ल...
पालिकास्तरीय महिला भलिवलको उपाधी नेपालगञ्जलाई

पालिकास्तरीय महिला भलिवलको उपाधी नेपालगञ्जलाई

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १४ कात्तिक । बाँकेमा तीन दिनदेखि जारी जिल्लाव्यापी पालिका स्तरीय महिला भलिवल खेल प्रतियोगिताको उपाधि नेपालगन्जले उचालेको छ । खजुरा गाउँपलिका २, गौघाटस्थित शुक्र भलिबल स्टेडियममा गत शुक्रबारदेखी जारी उक्त प्रतियोगिताको फाइनल खेलमा कोहलपुरलाई हराउँदै नेपालगन्जले उपाधि जितेको हो । नेपालगन्जले कोहलपुरलाई १९(२५, २५(१६ र २५(२२ सेटमा हरायो । कोहलपुर उपबिजेता बन्यो । बिजेता बनेको नेपालगन्जले नगद रु ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपबिजेता बनेको कोहलपुरले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । त्यसैगरी तेश्रो स्थानमा राप्तीसोनारी र सान्त्वना बैजनाथ भएका छन । उनिहरुले क्रमशः रु २० हजार र १० हजार नगदका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा बाँके जिल्लाका सबै ८ वटै पालिकाले सहभागिता जनाएको जिल्ला खेलकुद बिकास समितिका अध...