१३ बैशाख २०८१, बिहीबार

खेलकुद

अन्डर १९ क्रिकेटमा बर्दियासंग बाँके पराजित, हारको जिम्मेवार को ?

अन्डर १९ क्रिकेटमा बर्दियासंग बाँके पराजित, हारको जिम्मेवार को ?

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
कसैले प्रशिक्षक, कसैले मैदान र कसैले खेलाडीलाई दोष दिएर पन्छिए सिराज खान नेपालगञ्ज, १ मंसिर । कुनै बेला बाँकेको क्रिकेट टीम नेपाल भरिनै सबैभन्दा अव्वल मानिन्थ्यो, जहाँ गएपनि अधिकांश खेल जितेरै फर्किन्थ्यो । तर, अहिले त्यस्तो अवस्था छैन । विभिन्न कारणले गर्दा बाँकेको क्रिकेटको स्तर तल खस्किंदै गएको छ । यहाँसम्म कि हालसम्म कहिले पनि नहारेको टीमसंग पनि बाँकेले हारको सामना गर्नु पर्ने अवस्था आएको छ । अन्डर १९ छनोट प्रतियोगितामा बाँकेको टोलीले पहिलो पटक बर्दियासंग बुधवार हारको सामना गर्नु पर्यो । दांगको लमहीमा भैरहेको सो छनोट खेलमा बर्दियाको टोलीसंग बाँकेले हार खेप्नु परेपछि बाँकेका अधिकांश क्रिकेटप्रमी, वरिष्ठ खेलाडी देखि सर्वसाधारण समेत स्तब्ध भएका छन् । सोच्दै नसोचेको हार खेप्नुमा मुख्य जिम्मेवार को हो ? कसले यसको जवाफ दिने ? पहिलो पटक हारको कारण के हो ? खेलसंग खेलवाड कहिलेसम्म चल्छ ? ज...
प्रमुख सेनानी कार्कीद्धारा खेल पुर्वाधार र उपकरणका लागि पाँच लाख भन्दा बढीको सहयोग प्रदान

प्रमुख सेनानी कार्कीद्धारा खेल पुर्वाधार र उपकरणका लागि पाँच लाख भन्दा बढीको सहयोग प्रदान

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १ मंसिर । नेपालगन्ज रंगशालामा रहेको भारोत्तोलन भवन भित्रका शौचालय र बाथरुम मर्मत तथा निर्माण र खेल प्रशिक्षणका लागि उपकरण खरिद गर्न नेपाली सेनाका प्रमुख सेनानी जनमत बहादुर कार्कीले आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख रुपियाँको सहयोग गर्नुभएको छ । नेपालगन्जको राँझास्थित भैरवप्रसाद गणका गणपति समेत रहनु भएका प्रमुख सेनानी कार्कीले भारोत्तोलन भवनको शौचालय र बाथरुम मर्मत तथा निर्माणका लागि तीन लाख रुपियाँ बराबरको सामग्री सहयोग गर्नुभएको र खेल उपकरणका लागि दुई लाखको थप सहयोग गर्नु हुने मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका प्रमुख महेश चन्दले बताउनुभयो । शौचालय र बाथरुममा सावर, धाराका टुटी लगायत आवश्यक पर्ने सामग्री नहुँदा खेलाडीलाई समस्या भएको महशुस गरेपछि प्रमुख सेनानी कार्कीले आफ्नो ब्यक्तिगत लगानीमा सो सामग्री खरिद गरि प्रदान गर्नुभएको मध्यपश्चिमाञ्चल क्ष...
प्रथम राष्टिय एलटीके पौडी प्रतियोगितामा स्प्रिङडेल एकेडेमीका विद्यार्थीको वर्चस्व, ६ स्वर्णसहित १८ पदक जिते

प्रथम राष्टिय एलटीके पौडी प्रतियोगितामा स्प्रिङडेल एकेडेमीका विद्यार्थीको वर्चस्व, ६ स्वर्णसहित १८ पदक जिते

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २९ कात्तिक । नेपालगञ्जस्थित स्प्रिङडेल एकेडेमीका विद्यार्थी अमित रावलले राष्ट्रव्यापी विद्यालय स्तरीय प्रथम एलटीके पौडी प्रतियोगितामा ३ वटा स्वर्ण पदक हात पारेका छन् । सोही विद्यालयका विशेष सिंह र सुबाङ बोहराले पनि दुई दुई स्वर्ण जितेका छन् । ११–१२ वर्ष उमेर समूहबाट अमितले ५० मिटर ब्याक स्ट्रोक, ५० मिटर फ्री स्टाइल र ५० मिटर फ्लाइमा स्वर्ण पदक जितेका हुन् । रावलले तीनवटा स्वर्ण जितेर आफुलँई अव्वल साबित गर्न सफल भएको र अन्य विद्यार्थिले पनि दुई दुई वटा स्वर्ण पदक जितेर नेपालगञ्जकै इज्जत बढाएको विद्यालयले जनाएको छ । प्रतियोगितामा स्प्रिङ डेल स्कुलकै दिवस रेग्मीले तीन रजत, ५ वर्ष माथिको ब्याक स्ट्रोकमा अजय परियारले एक रजत, सुमन न्यौपानेले एक रजत र २ कास्य, दिवस रेग्मीले एक रजत, सुशान्त बोहोराले एक रजत र एक कास्य, अनन्त प्याकुरेलले २ कास्य पदक जितेका छन् ...
अन्तरालद्धारा बैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने

अन्तरालद्धारा बैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, २८ कात्तिक । लोकतन्त्र दिवसको अवसरमा आगामी वैशाख ११ गते रारा म्याराथनको आयोजना गरिने भएको छ । पश्चिम नेपालको प्रमुख पर्यटकीय स्थल मुगुको रारा तालबाट सुरु हुने यो म्याराथन जुम्लामा समापन हुनेछ । अन्तरालको आयोजना र व्यवस्थापनमा हुने यस म्याराथन यस क्षेत्रको पर्यटन, साहसिक खेलकुद र हाइअल्टिच्युट स्पोर्टसको विकासमा कोशेढुँगा सावित हुने अपेक्षा गरिएको इभेन्ट्स संयोजक चक्र बहादुर चन्दले बताए । यस क्षेत्रकै प्रमुख पर्यटकीय गन्तब्य रारा ताल र यस क्षेत्रको पर्यटकीय स्थललाई विश्वमा परिचित गराउन रारा म्याराथन महत्वपुर्ण हुनेछ, संयोजक चन्दले भने, खेलकुद विकास त मुख्य उद्देश्य हो । यसले विशेषगरी कर्णाली प्रदेशका प्रतिभावान खेलाडीहरुलाई आफनैं ठाउँमा क्षमता देखाउने अवसर मिल्नेछ ।’ अन्तराल इभेन्ट व्यवस्थापनमा मोफसलकै अग्रणी संस्था हो । १५ वर्ष देखी अन्तरालले खेलकुद, गीत ...
नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा

नेपाल टी–२० विश्वकपको ग्लोबल छनोटमा

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
खेल समाचार नेपालगञ्ज, २३ कात्तिक । नेपाल आइसिसी पुरुष टी–२० विश्वकप २०२२ को ग्लोबल छनोटमा सीधै छनोट भएको छ । योसँगै नेपालले क्षेत्रीय छनोट प्रतियोगिता खेल्नु नपर्ने भएको छ । आइसिसी टी–२० वरीयताका आधारमा नेपालले सीधै ग्लोबल छनोट खेल्न अवसर पाएको हो । अहिले नेपाल आइसिसी टी–२० को १३औँ स्थानमा छ । नेपालले जिम्बाबे, युएई, हङकङ तथा पपुवा न्युगिनीजस्ता राष्ट्रविरुद्ध प्रतिस्पर्धा गर्नेछ । सन् २०२२ को फेब्रुअरी तथा मे महिनामा ग्लोबल छनोट हुनेछ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लले सीधै छनोटमा परे पनि ग्लोबल छनोटको तयारी तथा पुनः विश्वकप खेल्ने सपना पूरा गर्न धेरै म्याच एक्सपोजर आवश्यकता रहेको प्रतिक्रिया दिनु भएको छ । सन् २०१४ मा बंगलादेशले आयोजना गरेको विश्वकपमा नेपाल पहिलोपटक छनोट भएको थियो । कप्तान मल्लले ग्लोबल छनोट हुँदै विश्वकप खेल्ने सपना पूरा गर्ने बताउनुभयो। यसका ल...
पालिकास्तरीय महिला भलिवलको उपाधी नेपालगञ्जलाई

पालिकास्तरीय महिला भलिवलको उपाधी नेपालगञ्जलाई

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १४ कात्तिक । बाँकेमा तीन दिनदेखि जारी जिल्लाव्यापी पालिका स्तरीय महिला भलिवल खेल प्रतियोगिताको उपाधि नेपालगन्जले उचालेको छ । खजुरा गाउँपलिका २, गौघाटस्थित शुक्र भलिबल स्टेडियममा गत शुक्रबारदेखी जारी उक्त प्रतियोगिताको फाइनल खेलमा कोहलपुरलाई हराउँदै नेपालगन्जले उपाधि जितेको हो । नेपालगन्जले कोहलपुरलाई १९(२५, २५(१६ र २५(२२ सेटमा हरायो । कोहलपुर उपबिजेता बन्यो । बिजेता बनेको नेपालगन्जले नगद रु ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो भने उपबिजेता बनेको कोहलपुरले नगद रु ३० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । त्यसैगरी तेश्रो स्थानमा राप्तीसोनारी र सान्त्वना बैजनाथ भएका छन । उनिहरुले क्रमशः रु २० हजार र १० हजार नगदका साथ ट्रफी र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितामा बाँके जिल्लाका सबै ८ वटै पालिकाले सहभागिता जनाएको जिल्ला खेलकुद बिकास समितिका अध...
धारा सातौं नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री अथकले गर्ने

धारा सातौं नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री अथकले गर्ने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्जपाटी समाचार नेपालगञ्ज, १३ कात्तिक । धारा सातौं नेपालगञ्ज म्याराथनको उद्घाटन युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज ‘अथक’ले गर्ने निश्चित भएको छ । आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष टीएस ठकुरी, पत्रकार जनक नेपाल र नेपाली क्रिकेट टीमका पूर्वकप्तान एलबी क्षेत्रीले युवा तथा खेलकुद मन्त्रालयमै पुगेर मन्त्री अथकलाई भेटेर प्रतियोगिताको उद्घाटन गर्ने तय गरेका हुन् । बाँके जिल्ला निवासी मन्त्री अथकले आफ्नै ठाउँमा हुँदै आएको राष्ट्रियस्तरको प्रतियोगिता उद्घाटन गर्न पाउदा आफू उत्साहित भएको प्रतिक्रिया दिनु भएको छ । नेपालगञ्ज म्याराथन मंसीर ४ गते शनिबार हुँदैछ । नेपाल सरकार र तत्कालिन विद्रोही माओवादीका बीचमा मंसीर ५ गते भएको विस्तृत शान्ति सम्झौताको दिनलाई स्मरण गर्न प्रत्येक वर्ष नेपालगञ्जमा म्याराथन हुने गर्दछ । यसपाली शनिबार पार्नका लागि घोषित मिति भन्दा एक दिनअघि म्याराथन आयोजना गरिएक...
युवाका लागि दिर्घकालिन योजना बनाउन मन्त्री अथकद्धारा निर्देशन

युवाका लागि दिर्घकालिन योजना बनाउन मन्त्री अथकद्धारा निर्देशन

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
काठमाण्डौं, १२ कात्तिक । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले राष्ट्रिय युवा परिषद कार्यालयको अनुगमन गर्नुभएको छ । राष्ट्रिय युवा परिषदको अध्यक्ष समेत रहनुभएका मन्त्री अथकले शुक्रबार भक्तपुर ठिमि स्थित परिषदको कार्यालयमा पुगेर अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा युवा परिषदका प्रशासकिय प्रमुख बाबुराम ढुंगानासहितका कर्मचारी तथा युवा परिषदका सदस्यहरुले मन्त्री अथकलाई फुल गुच्छाले सम्मान गरेका थिए । त्यसक्रममा मन्त्री अथकले कार्यालय भवन तथा युवा परिषद अन्तर्गतका ६ वटा शाखाको निरिक्षण गर्नुभयो । निरिक्षण पछि कर्मचारी तथा पदाधिकारीहरुलाई निर्देशन दिदैं मन्त्री अथकले युवा परिषदलाई युवाहरुको केन्द्रका रुपमा स्थापित गर्न प्रतिवद्ध भएर काम गर्न आग्रह गर्नुभयो । ४० प्रतिशत बढि युवाको प्रतिनिधित्व गर्ने मन्त्रालयको अभिन्न अंगका रुपमा रहेको युवा परिषदले युवाहरुको मनोविज्ञान बुझेर योजनाहर...
टी ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाको लगातार दोस्रो जित

टी ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाको लगातार दोस्रो जित

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, १२ कात्तिक। आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । दुबईमा बिहीबार राति भएको खेलमा श्रीलंकालाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले दोस्रो जित निकालेको हो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । श्रीलंकाले दिएको १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । समूह १ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाका ओपनर डेभिड वार्नर चम्किँदा श्रीलंका ७ विकेटले पराजित भयो। वार्नरले ६५ रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान आरोन फिन्चले ३७ रन जोड्दा ग्लेन म्याक्सवेल ५ रनमा आउट भए । स्टिभ स्मिथ २८ रनमा अविजित रहदा मार्कुस स्टोनिसले अविजित १६ रन बनाए । श्रीलंकाका वानिन्दु हसरंगा डी सिल्भाले २ तथा डसुन शनकाले १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा १५४...
धारा सातौं नेपालगञ्ज म्याराथनमा राजेश हमाल दौडिने

धारा सातौं नेपालगञ्ज म्याराथनमा राजेश हमाल दौडिने

खेलकुद, ताजा-अपडेट, मुख्य समाचार
नेपालगञ्ज, ११ कात्तिक । धारा सातौं नेपालगञ्ज म्याराथनमा महानायक राजेश हमाल दौडिने भएका छन् । पश्चिम नेपालको प्रमुख शहर नेपालगञ्जमा मंसीर ४ गते सातौं संस्करण हुँदैछ । आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले अतिथिको रुपमा उपस्थित हुने महानायक हमाल पनि दौडमा सहभागी हुने जानकारी दिए । अध्यक्ष ठकुरीले नेपालका सबै प्रमुख धावक र विदेशी धावकको समेत सहभागिता हुने नेपालगञ्ज म्याराथनमा महानायक हमालको उपस्थितिले अझ हौसला थपिएको बताए । नेपालगञ्ज म्याराथनमा यसपाली दश वटा इभेन्ट रहेका छन् । फूल म्याराथन, हाफ म्याराथन, १० किलोमिटर मेन्स ओपन, ५ किलोमिटर ओमेन ओपेन्स, ५ किलोमिटर स्कूल बोय, ३ किलोमिटर स्कूल गल्र्स, किड्स रन (८ देखि १२ वर्ष), २ किलोमिटर कर्पोरेट, वाकाथन र ह्वीलचियर प्रतियोगिता रहेका छन् । यसपालीको म्याराथनमा सात हजारलाई दौडाउने तयारी भएको छ । देशी, विदेशी धावकसँगै जिल्लाका गन्यमान्य ...