खेलकुद मन्त्री अथकको प्रस्तावमा सरकारद्धारा फुटवल प्रशिक्षक अल्मुताइरीलाई सम्मान
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २१ । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई शुक्रवार सम्मानित गरिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले अल्मुताइरीलाई नगदसहित सम्मान गर्नुभयो। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक को विशेष पहलमा गत कात्तिक १ गते बसेको मन्त्रीपरिषदको बैठकले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता हुन सफल नेपाली फुटबल टोलीका खेलाडी तथा प्रशिक्षकलाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको थियो ।
असोज १५ देखि ३० गतेसम्म आयोजना भएको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा इतिहास रच्न सफल राष्ट्रिय टोलीका खेलाडीलाई जनही ५ लाख तथा प्रशिक्षकलाई ३ लाख नगद पुरस्काले पुरस्कृत गर्ने निर्णय अन्तर्गत अल्मुताइरीलाई सम्मान गरीएको हो ।
यसअघि सरकारले गत पुष ६ गते नेपाली राष्ट्रि...









