१४ बैशाख २०८१, शुक्रबार

किराना पसलले लक्ष्मीको परिवारमा ल्यायो खुशियाली, दैनिक सात सयसम्म आम्दानी

किराना पसलले लक्ष्मीको परिवारमा ल्यायो खुशियाली, दैनिक सात सयसम्म आम्दानी

सिराज खान
नेपालगञ्ज, असोज १३ । केही समय अघिसम्म दुई छाक टार्नका लागि अतिनै संघर्ष गरिरहेकी नेपालगञ्ज २ की लक्ष्मी थारु अहिले दैनिक पाँच सयदेखि सात सय रुपियाँसम्म आम्दानी गरिरहेकी छन् ।
जिविका गुजार्न समस्या भएपछि कयौं पटक आफन्तकोमा गएर गुहार गर्नु पर्ने अवस्थाबाट गुज्रिनुपरेको सम्झदैं उनि भन्छिन्– कति दुख पाईयो, कति भन्नै गाह्रो छ । तर अहिले त्यस्तो अवस्था छैन, अहिले त म बसीबसी मजाले दैनिक सातसयसम्म कमाउँछु ।
अहिले उनको मुहार उज्यालो छ । मुस्कुराउँदै उनले अहिले त खान लाउन दुबै पुगेको बताइन् । कतार च्यारिटिको सहयोगमा बाँके युनेस्को क्लबले किराना पसल खुलाईदिएपछि चौधरीको जिवनमा ठुलो परिवर्तन आएको हो ।
आयआर्जनका लागि व्यवसायीक विकास परियोजना अन्तर्गत पाएको किराना पसलमा अहिले उनी विहानदेखि बेलुकासम्म व्यस्त छिन् । दैनिक उपभोगका सामाग्री बेचेर सोही पसलबाट दैनिक पाँचसयदेखि सातसय रुपियाँसम्म आम्दानी हुन थालेपछि अहिले न त उनलाई दुई छाक टार्ने चिन्ता छ न त उनका बच्चाको पढाईको चिन्ता ।
उनले आफ्नो छोरा उनिस थारुलाई अग्रेजी माध्यमको निजि विद्यालयमा भर्ना गराएकी छन् । आम्दानीबाट थोडै भएपनि रकम बचत गरेर अब छिटै आफ्नो घर बनाउने सपना बोकेर उनले दिनरात पसलमा मिहिनेत गरिरहेको बताईन् ।

बर्दियाको कतरनिया गाउँमा स्थायी घर भएकी थारुको परिवारले त्यहाँ काम नपाएपछि मजदुरी गरेर दुई छाक टार्ने सोचका साथ सन २०१५ सालमा नेपालगञ्ज आएका थिए ।
नेपालगञ्ज आएपछि पनि उनको परिवारले धेरै संघर्ष गर्नु पर्यो । पतिले मजदुरी गर्ने हुँदा कहिले काम पाउने कहिले नपाउने समस्याले पनि धेरै दिन सतायो ।
घरखर्चकै लागि समस्या भएपछि लक्ष्मीले अरुको घरमा लुगा, भाँडाकुँडा धुने लगायत घरेलु कामदारको रुपमा पनि काम गरिन् । कतार च्यारिटिले सहयोग नगरेको भए आफ्नो अवस्था अझै पनि दयनिय रहने लक्ष्मीको भनाई छ ।
उनले युनेस्को क्लब र कतार च्यारिटि दुबैप्रति आभार व्यक्त गर्दै यी दुई संस्थाकै कारण आफ्नो परिवारमा खुशियाली आएको र आफुले बच्चाको राम्रो पालनपोषण र शिक्षा दिलाउन सकेको बताइन् ।
क्लबले कतार च्यारिटिको सहयोगमा जिल्लाका धेरै विपन्न र आर्थिक रुपमा समस्यामा परेकालाई सहयोग गर्दै आएको क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
आयआर्जनका लागि व्यवसायीक विकास परियोजनाले धेरै विपन्नको अनुहारमा खुशियाली दिएको क्लबका अध्यक्ष रवि तुलाधर र कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी बताउनुहुन्छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *