१४ बैशाख २०८१, शुक्रबार

घरेलु तथा साना उद्योग महासंघ बाँकेद्धारा आन्दोलनका कार्यक्रम सार्वजनिक

घरेलु तथा साना उद्योग महासंघ बाँकेद्धारा आन्दोलनका कार्यक्रम सार्वजनिक

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २७ । बुझाईसकेको विद्युत महसुलमा फेरी थप बुझाउनु पर्ने भनि खजुराका साना उद्योगीलाई विद्युत प्राधिकरणले पत्र काटेको सम्बन्धमा घरेलु तथा साना उद्योग महासंघ बाँकेले गरेको आग्रह र ध्यानाकर्षणलाई बेवास्ता गरिएकोले महासंघले प्राधिकरण विरुद्ध धर्ना, तालाबन्दी र घेराउससहित कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।
विद्युत प्राधिकरणको लापरवाहीले मारमा परेका उद्यमि एवंम सरोकारवालाहरुसंग मंगलवार भएको छलफलले छुट रकमको नाममा उद्योग बन्द गर्ने प्रपन्चमा विद्युत प्राधिकरण कार्यालय नेपालगंज लागेको निश्कर्ष सहित उक्त छुट रकम कुनै पनि सर्तमा तिर्न नसकिने तथा माग बमोजिम कुनै सुनुवाई पनि नभएकाले बाध्यताबस चर्को बिरोधका कार्यक्रम गर्नुपरेको जानकारी महासंघले प्रेस विज्ञप्ती मार्फत दिएको छ ।
जिल्ला भित्र यस्तै किसिमको अन्य उद्योगहरुमा समेत प्राधिकरण सोही प्रकारका पत्र काटि औद्योगिक वातावरण बिगार्न लागेको समेत जानकारी प्राप्त हुन गएकोले सम्पुर्ण उद्योगी,व्यवसायीहरुलाई यस आन्दोलनमा सहभागि भई उद्योगहरुलाई जोगाउन तर्फ एकजुट भई लाग्न सम्पूर्ण व्यवसायीलाई महासंघले अनुरोध समेत विज्ञप्तीमा गरेको छ ।


घरेलु तथा साना उद्योग महासंघ बाँकेका महासचिव गिरीराज भुषालद्धारा जारी गरिएको विज्ञप्तीमा प्राधिकरणको कमजोरी र लापरवाहीले गर्दा साना उद्योगीलाई परेको समस्याका बारेमा जानकारी गराई थप रकम दिन नसक्ने जनाउँदै समेत कुनै वास्ता नगरेर उद्योगीलाई पिडित बनाएकोले ओन्दोलन बाहेक अरु विकल्प नरहेको जनाईएको छ ।
महासंघले दिएको जानकारी अनुसार पुस २८ गतेदेखि आन्दोलनका कार्यक्रमहरु शुरु गरिनेछ । कार्यक्रम अनुसार २८ गते विहान ११ बजे नेपाल विद्युत प्राधिकरण कार्यालय,नेपालगंज वितरण शाखामा धर्ना गर्ने, पुस २९ गते कार्यालय प्रमुखको कार्यकक्षमा १ घण्टा ताला लगाउने, ३० गते सम्पुर्ण उद्योगहरु बन्द गरी नेपालगंज वितरण केन्द्रको सम्पुर्ण सेवाहरु ठप्प पार्ने र त्यसपछि पनि माग पुरा नभए माघ २ गते थप कडा भन्दा कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने रहेको छ ।
यसअघि केही दिन पहिले विद्युत प्राधिकरणको प्राविधिक कमजोरीले कम बिलिंग भै रकम तिर्दै आएकोमा हाल आएर थप बक्यौता तिर्नु पर्ने भनि प्राधिकरणले पत्र पठाउँदा साना उद्योगी समस्यामा परेकोले सो सम्बन्धमा आवश्यक छलफल गरि बांकी बक्यौदा रकम छुट दिलाईदिनु हुन प्राधिकरणको लिखित ध्यानाकर्षण गराएको थियो ।
विद्युत प्राधिकरणका कारण खजुरा गाउँपालिका अन्तर्गतका १०५ जना उद्योगीहरु समस्यामा परेका छन् ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *