६ जेष्ठ २०८१, आईतवार

दिगो जिविकोपार्जनलागि व्यवसायीक साक्षरता तथा लेखा व्यवस्थापन तालिम शुरु

दिगो जिविकोपार्जनलागि व्यवसायीक साक्षरता तथा लेखा व्यवस्थापन तालिम शुरु

समाचारदाता
नेपालगन्ज, साउन २२ । बर्दियामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुको लागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम गुलरिया नगरपालिकामा सोमवारबाट शुरु भएको छ ।
सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्कोद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत आयोजना गरिएको हो ।
युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरता, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारको खाता संचालन तथा लेखापालान गर्न सक्षम बनाउनु उक्त तालिमको मुख्य उद्देश्य रहेको जनाईएको छ ।

बाँके युनेस्को क्लबका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले व्यवसायको व्यवसायिक योजनाको पुनरावलोकन, स्थानीय सरकारबाट सुविधा र कार्यक्रममा सरभागीताकालागि सक्षम बनाई दिर्घकालिन रुपमा व्यवसायको विकास विस्तार गरी दैनिक जिबिकोपार्जनमा सहजता ल्याउनु पनि कार्यक्रमको उदेश्य रहेको बताउनुभयो ।
तालिमको सहजीकरण राज बहादुर चौधरीले गर्नु भएको छ भने तालिममा प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम संयोजक गोमावली चौधरीको पनि सहभािगाता रहेको छ ।
तीन दिनसम्म सञ्चालन हुने सो तालिममा गुलरियाका ३० जना युवा महिला व्यवसायीको सहभागिता रहेको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *