२२ बैशाख २०८१, शनिबार

बाँकेमा माओवादी पार्टीलाई नयाँ उचाईमा पुरयाउने मुख्य लक्ष्य लिएको छु – जिल्ला संयोजक पाण्डे

बाँकेमा माओवादी पार्टीलाई नयाँ उचाईमा पुरयाउने मुख्य लक्ष्य लिएको छु – जिल्ला संयोजक पाण्डे

समाचारदाता
नेपालगन्ज, साउन २३ । नेकपा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे जेम्सले आफुले बाँकेमा माओवादी केन्द्रलाई नयाँ उचाईमा पुरयाउने मुख्य लक्ष्य र उदेश्यका साथ काम शुरु गरेको बताउनु भएको छ । उहाँले भन्नुभयो – बाँके जिल्लामा माओवादी केन्द्रलाई सबैभन्दा ठुलो दल बनाउने मेरो मुख्य लक्ष्य रहेको छ । सोही उदेश्यका साथ पार्टीलाई नयाँ तरिकाले रुपान्तरण गर्दै अगाडी बढ्नेछु ।
प्रेस सेन्टर बाँकेको आयोजनामा सेन्टरका केन्द्रिय र प्रदेशसमितका पदाधिकारी र सदस्य लगायत जिल्ला कार्यसमिति र पालिका समितिका पदाधिकारी सम्मिलित मंगलवार भएको बैठकमा बोल्दै संयोजक पाण्डेले माओवादी केन्द्र बाँकेमा अब कुनै पनि गुट उपगुट नभएको र हुन नदिने दावी गर्दै सबैले एक ढिक्का भएर पार्टीको सिद्धान्त र विधान अनुसार काम गर्ने बताउनुभयो ।
उहाँले हिजोका दिनमा के के भयो र के के भएन त्यसलाई थाति राखेर अब सबैले मिलेर माओवादी केन्द्रलाई बलियो, सुदृढ र सबै जनताको पार्टी बनाउनेतिर लामबद्ध हुन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

माओवादी केन्द्रले शुरु गर्न लागेको तीन महिने विशेष रुपान्तरण अभियानलाई पार्टी बलियो बनाउने अभियानका रुपमा प्रयोग गरेर जिल्लाका सबै पालिकामा रहेका पार्टी संगठनहरुलाई सक्रिय, बलियो र जनताको सेवकका रुपमा परिचालन गरिने संयोजक पाण्डेले बतानउुभयो ।
उहाँले प्रेस सेन्टर नेपालसंग सधैं समन्वय, सल्लाह गरेर नै अगाडी बढ्ने जनाउँदै प्रेस सेन्टर नेपालले पनि पार्टीको नेतृत्वमा भएका राम्रो कामको प्रचार प्रसार गर्नुका साथै पार्टीलाई सही सुझाव दिन अनुरोध गर्नुभयो । सो अवसरमा संयोजक पाण्डेले प्रेस सेन्टरले पार्टीबाट चाहिएको सहयोग र संगठनले गर्ने कामका सम्बन्धमा एक विस्तृत कार्य योजना बनाउन पनि आग्रह गर्नुभयो ।
सो अवसरमा प्रेस सेन्टरका केन्द्रिय सचिव सिराज खान, केन्द्रिय सदस्यहरु डक्ट धिताल, शिव सुनार, प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले, प्रदेश सचिव आलम खान, जिल्ला सचिव केपी घिमिरे लगायतले पनि पार्टी र प्रेस सेन्टरविचको समन्वय र सहकार्यका बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम प्रेस सेन्टर बाँकेका अध्यक्ष राजेश आचार्यको अध्यक्षतामा भएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *