२१ बैशाख २०८१, शुक्रबार

नेपालगन्ज ५ का दुईसय विपन्न परिवारलाई वडा कार्यालयद्धारा ग्यास चुल्हो वितरण

नेपालगन्ज ५ का दुईसय विपन्न परिवारलाई वडा कार्यालयद्धारा ग्यास चुल्हो वितरण

समाचारदाता
नेपालगन्ज, फागुन ९ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ५ ले आफ्नो वडा भित्रका २०० अति विपन्न तथा गरिब परिवारलाई खाना पकाउने ग्यास चुल्हो वितरण गरेको छ ।
वडा भित्र रहेको विपन्न र गरिबलाई खाना पकाउन सहज र सरल होस भन्ने उदेश्यका साथ २०० परिवारलाई खाना पकाउने ग्यास चुल्हो वितरण गरिएको वडा नम्बर ५ का वडा अध्यक्ष सराफत खानले बताउनुभयो ।

उहाँले आफ्नो वडाको बाबा मजार टोल, कसाईमण्डी, आँखा अस्पताल रोड, बेहना टोल, रामनगर रोड, एमपी स्कुल रोड, साई मार्ग, भट्टा टोल र जडिबुटी कार्यालय पछाडीको टोलमा बस्ने विपन्न र गरिब परिवारलाई ग्यास चुल्हो वितरण गरिएको बताउनुभयो ।
वितरण गरिएको सामानहरुमा ग्यास चुल्होसंगै त्यसमा लाग्ने पाइप, रेगुलेटर र लाइटर समेत सबैलाई वितरण गरिएको नेपालगन्ज उपमहानगरको वडा नम्बर ५ को कार्यालयले जनाएको छ ।
वडावासीको कुनै पनि समस्या पर्दा सधैं जनसेवामा हाजिर रहने वडा अध्यक्षका रुपमा परिचित वडा अध्यक्ष खानले बाढी, जाडो वा अन्य कुनै विपद र समस्याका बेलामा पनि जनताको हितका लागि निरन्तर काम गर्दै आएका छन् ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *