२२ बैशाख २०८१, शनिबार

हरित परियोजनाका लागि राजापुर र ठाकुरद्धारामा लाभग्राही युवा महिला छनोट

हरित परियोजनाका लागि राजापुर र ठाकुरद्धारामा लाभग्राही युवा महिला छनोट

समाचारदता
नेपालगन्ज, फागुन १५ । बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसँगको साझेदारीमा बर्दियाको राजापुर र ठाकुरबाबा नगरपालिकामा हरित अर्थतन्त्र परियोजना कार्यान्वयन गरिरहेको छ ।
क्लबका मुख्य संरक्षक परवेज अली सिद्दिकीले यस परियोजनाको अन्तिम लक्ष्य १८–२४ वर्ष उमेर समूहका युवा महिलाहरूको लागि सशक्तिकरण र रोजगारी सिर्जना गर्नु भएको बताउनुभयो ।
उहाँले यो परियोजनाले वातावरण प्रदूषण, ग्लोबल वार्मिंग र जैविक विविधता ह्रासलाई कम गर्दै हरित व्यापार र उद्यमहरूलाई बढावा दिने बताउनुभयो ।

बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरले परियोजनामा सहभागि गराउने युवा महिलाको छनोटका लागि दुबै पालिकाका युवतीलाई अन्तरवार्तामा सहभागी गराइएको बताउनुभयो ।
अन्तर्वार्ता लिने कार्य राजापुर नगरपालिकाका रोजगार सहायक यमकुमार परियार, उद्यम विकास सहजकर्ता पूर्णबहादुर ओली र बाँके युनेस्को क्लबका परियोजना अधिकृत राधेकृष्ण थारूले संयुक्त रुपमा गर्नु भएको थियो ।
हरित व्यापार तथा उद्यममा संलग्न हुने गरी पहिलो चरणमा  ३० जना महिलाको छनोट गरिने क्लबले जनाएको छ । छनोटमा परेका युवा महिलाले प्राङ्गारिक खेती, वर्मी कम्पोस्ट, टोपी, गुडियाजस्ता परम्परागत हस्तकलासम्बन्धी व्यावसायिक तालीम प्राप्त गर्ने युनेस्को क्लबका अध्यक्ष तुलाधरले जानकारी दिनुभयो ।
यसैविच बाँके युनेस्को क्लबका पदाधिकारी र व्यवस्थापन टोलीले परियोजनाका लागि महिला छनोट कार्यको स्थलगत अवलोकन गरेको छ । अवलोकनमा क्लबका मुख्य संरक्षक सिद्दिकी, अध्यक्ष तुलाधर, कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *