१७ बैशाख २०८१, सोमबार

प्लान इन्टरनेसनल नेपालको पाँच बर्षे राष्ट्रिय रणनीति सार्वजनिक

प्लान इन्टरनेसनल नेपालको पाँच बर्षे राष्ट्रिय रणनीति सार्वजनिक

समाचारदाता
नेपालगन्ज, असोज १७ । प्लान इन्टरनेशनल नेपालको ४५ औँ बार्षिक उत्सवको अवसरमा ५ बर्षे राष्ट्रिय रणनीति सार्वजनिक गरिएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सुर्खेतमा आयोजना गरिएको कार्यक्रममा ५ बर्षे राष्ट्रिय रणनीति सार्बजनिक गर्दै कर्णाली प्रदेशमा गुणस्तरिय शिक्षा र सामाजिक न्याय सहितको समाज निर्माण गर्न सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले दिगो विकासका लक्ष्य र मानव विकास सुचकाङमा कर्णाली धेरै पछाडी रहेको जनाउँदै त्यसलाई सुधार गरेर कर्णालीमा गुणस्तरिय शिक्षा, गाँउमै भरपर्दो आधारभुत स्वास्थ्य सेवा, गाँउमै रोजगारीका अवसर सहित सामाजिक न्याययुक्त समाज निर्माण गर्ने अठोट लिएको बताउनुभयो ।
सरकारका नीति तथा कार्यक्रमलाई पुर्ण रुपमा कार्यन्वयन गरेर काम गर्ने दातृ निकायहरुको खाँचो रहेको जनाउँदै मुख्यमन्त्री शर्माले कर्णालीमा बालबालिकाहरुको उज्वल भबिश्य निर्माणका लागि शिक्षामा सुधार, सामाजिक बिभेद र कुप्रथाहरुको अन्त्य जरुरी रहेको बताउनुभयो ।
यस्तै कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्ग पोख्रेलले कर्णाली प्रदेशको विकास र समृद्धिका लागि सबैको सहयोग जरुरी रहेको बताउनुभयो । उहाँले कर्णालीमा विकास र परिवर्तनका सवालहरु धेरै रहेकोले त्यसमा प्लान इन्टरनेशनल लगायतका दातृ निकायहरुले गरेको काम प्रसंसनिय रहेको बताउनुभयो ।


कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले मुलुकको भबिश्यसँग जोडिएको बालबालिका र शिक्षाको सवालमा सहकार्य गर्न सबैलाई अपिल गर्नुभयोे ।
कार्यक्रममा प्रदेश सरकारका उर्जा तथा जलश्रोत विकासमन्त्री उर्मिला बिश्वकर्माले कर्णालीका विकटबस्तीहरु पनि गैरसरकारी निकायले गरेको काम उल्लेख्य रहेको बताउनुभयो ।
कार्यक्रममा प्लान इन्टरनेशलका राष्ट्रिय निर्देशक रामकिशनले बालबालिका, किशोर किशोरी र युवाहरुलाई समावेशी, न्याययुक्त र सुरक्षित समाज निर्माणका लागि आफुहरु काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, यसै बर्षदेखी कर्णाली, सुदुरपश्चिम र लुम्बीनी प्रदेशका अधिकांश जिल्लाहरुमा आफ्नो कार्यक्रम बिस्तार गर्ने योजना छ ।
कार्यक्रममा प्लान इन्टरनेशनलका पश्चिम क्षेत्रीय कार्यालय प्रमूख मीना पराजुलीले बालबालिका, किशोरी र युवाहरुको अधिकार प्रवद्र्धन गर्न सरकार जिम्मेबार बन्नुपर्ने कुरामा जोड दिनुभयो । उहाँले मुख्यगरी प्रारम्भीक बालबिकास, हिंसाबाट संरक्षण, गुणस्तरिय शिक्षा, सीप विकास, विपद् जोखिम न्यूनिकरण र जीविकोर्पाजनका लागि प्लानले काम गरिरहेको बताउनुभयो ।
सो कार्यक्रममा जिल्ला समन्य समिति कालिकोटका प्रमूख धनजित शाही, जुम्लाका प्रमूख गौरीनन्द आचार्य, डोल्पा प्रमूख स्यामबहादुर रोकाया, जुम्लाको हिमा गाँउपालिका प्रमूख लक्ष्मण शाही, कालिकोटको नगरहरीनाथ गाँउपालिका अध्यक्ष नगेन्द्रबहादुर बिष्ट लगायतका सरोकारवालाहरुले कर्णालीको समग्र शिक्षा, स्वास्थ्य र आयआर्जनका सवालहरुमा सरकार र गैरसरकारी निकायहरु सहकार्य गरेर काम गर्नुपर्ने बताउनुभयो ।
प्लान नेपालले कर्णालीमा आगामी ५ बर्षमा ४ अर्ब ५० करोड बराबर बजेट खर्च गर्ने गरी काम गर्ने जनाएको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *