१७ बैशाख २०८१, सोमबार

माओवादी बाँकेका नेताहरु जनताको खेतमा पुगेर धान काट्नमा व्यस्त

माओवादी बाँकेका नेताहरु जनताको खेतमा पुगेर धान काट्नमा व्यस्त

समाचारदाता
नेपालगन्ज, असोज २५ । माओवादी केन्द्र बाँकेका नेता–कार्यकर्ताहरुले जनतासँग प्रत्यक्ष जोडिएर श्रमदान लगायतका सामाजिक कामहरु गरेर विषेश रुपान्तरण अभियानलाई अगाडी बढाएका छन् । गत भदौ १६ गते देशैभर एकसाथ सुरु भएको तीन महिने ‘जनतासँग माओवादीः विषेश रुपमान्तरण अभियान’ अन्तर्गत बाँकेका माओवादीले स्थानीय जनताका धान काटेर जनश्रमदान गरेका हुन् ।
अभियान अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ फारामटोलका स्थानीय जनताका खेतको धान काटेर जनश्रमदान गरिएको माओवादी १९ नं वडा अध्यक्ष शम्भुनाथ योगीले जानकारी दिनुभयो । उहाँले फारामटोलका स्थानीय गंगा योगी र कृष्ण पुनको खेतको धान जनश्रमदान गरी काटिदिएको बताउनुभयो ।
माओवादीहरु खेतैमा पुगेर धान काटिदिँदा स्थानीय खुशीले दङ्ग परेका थिए । स्थानीय कृष्ण पुनले विहानै माओवादी आएर खेतमा पाकेको धान काटिदिँदा आफू अत्यन्तै खुशी भएको बताउनु भएको थियो । “चाडवाड नजिकै आइसक्यो, खेतमा धान पाकेर पहेंलै भएको छ । श्रीमती विरामी भएर धेरै दिनदेखी भारतको दिल्लीमा उपचार गराएर भर्खरै फर्केका छौं । काम गर्ने कोही थिएनन । यस्तो बेलामा माओवादीहरु आएर पाकेको धान काटिदिँदा एकदमै खुशी भएको छु । माओवादीलाई धेरै धेरै धन्यवाद दिन्छु ।” उहाँले भन्नुभयो ।


माओवादी केन्द्र नेपालगञ्ज उपमहानर कमिटी अध्यक्ष रतन शाहीले माओवादी अभियानसँगै जनतासँग प्रत्यक्ष जोडिएका समस्या समेतको पहिचान गरी जनताका समस्या समाधान गर्दै जाने पार्टीको नीति अनुसार जनश्रमदान गरी धान काटिएको बताउनुभयो । जहाँ जहाँ जनताका समस्या छन् त्यहाँ त्यहाँ अभियानसँगै माओवादी पुगेर समस्या समाधान गर्ने तर्फ लागिरहेको शाहीले बताउनुभयो ।
माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’ले माओवादी अब सुध्रने कोशिस गरिरहेको बताउनुभयो । “यो अभियानसँगै जनश्रमदानद्वारा जनताका काम पनि गर्ने साथसाथै नेता कार्यकर्ता पनि सुध्रिएर अघि बढ्ने हो, माओवादी अब ठूला कुरा गरेर होइन साँचिकै निमुखा गरिब जनताको सारथी बन्ने हो ।” संयोजक पाण्डेले भन्नुभयो , “हरेक जनताका घरघरमा जान्छौं, दुख पीडा के छन ? बुझ्छौं, उनीहरुका पीडामा मलम लगाउने प्रयास गर्छौं । उनीहरुका हरेक काम अव हामीले गर्दिन्छौं ।”
धान काट्ने जनश्रमदानमा माओवादी केन्द्र बाँकेका संयोजक नरेन्द्र पाण्डे ‘जेम्स’, सचिव डिल्ली वराल, सदस्य उषा विक, धर्मराज न्यौपने, नेपालगञ्ज नगर अध्यक्ष रतन शाही, उपाध्यक्ष वसन्त मल्ल, सचिव प्रेमबहादुर शाही लगायत जिल्ला, नगर तथा वडा कमिटिका दर्जनौं नेता कार्यकर्ता सहभागि रहेको १९ नम्बर वडा अध्यक्ष योगीले जानकारी दिनुभयो । माओवादी बाँकेले रुपान्तरण अभियान सँगसँगै जनश्रमदान अभियानलाई पनि निरन्तरता दिइने जनाएको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *