१५ बैशाख २०८१, शनिबार

बाँके युनेस्कोद्धारा ठाकुरद्धारामा पाँच दिने क्षमता विकास तालिम सम्पन्न

बाँके युनेस्कोद्धारा ठाकुरद्धारामा पाँच दिने क्षमता विकास तालिम सम्पन्न

समाचारदाता
नेपालगन्ज, चैत ३ । बाँके युनेस्को क्लबद्धारा बर्दियाको ठाकुरद्वारामा आयोजित व्यावसायिक सीप तथा लघु उद्यमशीलता बिकास सम्बन्धी पाँच दिने क्षमता विकास तालिम सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालसंगको साझेदारीमा क्लबले सञ्चालन गरेको हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो तालिम आयोजना गरिएको थियो ।
ठाकुरबाबा र राजापुर नगरपालिकाका ३० जनाको सहभागिता रहेको सो तालिममा हरित व्यापार र वर्मी कम्पोस्ट बनाउने, अर्गानिक तरकारी खेती र हस्तकला बनाउने जस्ता लघुउद्यम सम्बन्धी महत्वपूर्ण ज्ञान सहभागिहरुलाई प्रदान गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकीले बताउनुभयो ।
सो तालिमको मुख्य उद्देश्य १८ देखि २४ वर्ष उमेर समूहका युवा युवतीहरूको सशक्तीकरण र रोजगारी सिर्जना गर्न बढ्दो ग्लोबल वार्मिंग, वातावरण प्रदूषण र प्रतिकूल प्रभाव जस्ता वातावरण संरक्षणमा हरित व्यापार र लघु उद्यमहरू मार्फत योगदान पु¥याउनु रहेको क्लबले जनाएको छ ।


सो तालिमका प्रशिक्षक राजबहादुर चौधरीले पाँच दिनसम्म सहभागिहरुलाई उद्यम विकास, आय आर्जन र स्वरोजगार, आत्म–विश्लेषण र आत्मविश्वास, जोखिम लिने क्षमता अभिवृद्धि र यसको न्यूनीकरणका उपायहरू, सफल उद्यमीको विशेषता, सिर्जनशीलता, बजार व्यवस्थापन र बजारीकरण, व्यवसाय योजना तर्जुमा र व्यावसायिक योजनाको परिचय, व्यवसाय स्थापनाका लागि उपयुक्त स्थान, लक्षित बजार क्षेत्र, उत्पादन प्रक्रिया र अत्यावश्यक कच्चा पदार्थ र श्रम लागत सहितको लागतका बारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।
बाँके युनेस्को क्लबका प्रमुख संरक्षक परवेज अली सिद्दिकी, अध्यक्ष रविकुमार तुलाधर, वरिष्ठ उपाध्यक्ष पञ्चम गुरुङ र कार्यकारी निर्देशक साजिद अली सिद्दिकीको उपस्थितिमा आयोजना गरिएको तालिमको समापन कार्यक्रमा प्रशिक्षार्थीहरूलाई तालिम पूरा भएको प्रमाणपत्र वितरण गरिएको थियो ।
सो अवसरमा बोल्दै उहाँहरुले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा लागु गरेर जिवनयापनमा सहजता ल्याउन अनुरोध गर्नुभयो ।
तलिममा सहभागि हुनु भएकी प्रशिक्षार्थि ताल कुमारी थारुले प्रशिक्षार्थिहरुको तर्फबाट बोल्दै यो प्रशिक्षणले गर्दा आत्मविश्वासमा अत्यधिक बृद्धि भएको जनाउँदै स्वरोजगार सृजनाले थप आत्मनिर्भर र आर्थिक रूपमा समाजमा सम्मानजनक जीवनयापन गर्न सक्षम बन्ने प्रतिक्रिया दिनुभयो ।
सो तालिमलाई प्रभावकारी रुपमा सम्पन्न गर्न आयोजना अधिकृत राधेकृष्ण थारु, फिल्ड पर्यवेक्षक सञ्जिता रिसाल र कञ्चन दहितले सहयोग गर्नु भएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *