१५ बैशाख २०८१, शनिबार

हरित अर्थतन्त्र परियोजनाअन्तर्गत राजापुरमा फोहोरलाई मोहोर बनाउने तालिम सम्पन्न

हरित अर्थतन्त्र परियोजनाअन्तर्गत राजापुरमा फोहोरलाई मोहोर बनाउने तालिम सम्पन्न

समाचारदाता
नेपालगन्ज, चैत ६ । बाँके युनेस्को क्लबले बर्दियाको राजापुरमा पालिकामा “फोहरलाई मोहर” (फोहरमैला व्यवस्थापनबाट रोजगारी सिर्जना गर्ने) विषयक तीन दिने तालिम सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा क्लबद्धारा बर्दियामा सञ्चालित हरित अर्थतन्त्र परियोजनाअन्तर्गत सो तालिम सम्पन्न गरिएको हो ।
३० जना युवतिहरुको सहभागिता रहेको सो तालिमको समापन गर्दै राजापुर नगरपालिकाकी उपमेयर मनकलाकुमारी चौधरीले फोहोर व्यवस्थापनबाट आय आर्जन गर्ने र रोजगारी सृजना गर्न सहयोग गर्ने यस्तो तालिमले फोहोर व्यवस्थापनसंगै आर्थिक विकास पनि हुने बताउनुभयो ।
उहाँले राजापुरमा सञ्चालन गरिएको हरित अर्थतन्त्र परियोजनालाई सफल पार्न नगरपालिकाले हरेक प्रकारको सहयोग र समर्थन गर्ने पनि बताउनुभयो ।

तालिम समापन कार्यक्रमकी अध्यक्ष तथा तालिमका सहभागि आकृति चौधरीले यो तालिमबाट सहभागिहरुलाई विभिन्न किसिमका फोहोर व्यवस्थापन र त्यसबाट मल बनाउने ज्ञानमा बृद्धि हुनुका साथै आम्दानीको अवसर समेत मिलेको बताउनुभयो ।
तालिमका प्रशिक्षक दिपक भट्टराईले तीन दिनसम्म सहभागि युवतिहरुलाई विभिन्न किसिमका फोहोरमैला व्यवस्थापन र त्यसको प्रयोगबाट जैविक मल बनाउन र त्यसबाट रोजगारी सिर्जना गर्न उपायहरुका बारेमा जानकारी गराउनु भएको थियो ।
तालिमको समापन कार्यक्रममा बाँके युनेस्को क्लबका अध्यक्ष रविकुमार तुलाधर, प्रमुख संरक्षक परवेज अली सिद्दिकी, कार्यकारी निर्देशक साजिद अली सिद्दिकी, सहायक निर्देशक महेश नेपाली, परियोजना अधिकृत राधे कृष्ण र फिल्ड पर्यवेक्षक रञ्जिता रिजाल तथा सुश्री कञ्चन दहितको पनि उपस्थिति रहेको थियो ।
तालिममा सहभागि अधिकांश युवतिहरुले यो तालिमबाट साच्चिकै फोहरलाई मोहरमा परिवर्तन गर्ने विभिन्न प्रकारका योजना र कार्यहरुबारे बिस्तृत रुपमा जानकारी भएको प्रतिक्रिया दिएका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *