६ जेष्ठ २०८१, आईतवार

समावेशी प्यानल १७ प्रतिबद्धतासहित प्रचार प्रसारमा होमियो

समावेशी प्यानल १७ प्रतिबद्धतासहित प्रचार प्रसारमा होमियो

अधिकांश उद्योगी व्यवसायीको समर्थन हामीलाई छ–टंक धामी
सिराज खान
नेपालगन्ज, साउन २४ । नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी २ भदौमा हुने निर्वाचनका लागि टंक धामीको नेतृत्वमा निर्वाचनमा होमिएको समावेशी प्यानलले १७ बुँदे प्रतिबद्धता सार्वजनिक गरेर प्रचार प्रसारलाई तिव्र पारेको छ ।
सो प्यानलका सबै प्रतिबद्धता स बाट सुरु भएका छन् । सार्वजनिक गरिएका प्रतिवद्धता पुरा गर्ने योजनाका साथ प्यानलले व्यवसायीहरुको दैलोमा पुगेर सहयोग समर्थन माग्ने काम गरिरहेको छ ।
समावेशी प्यानलले अघि चुनावी एजेण्डा बनाएका १७ वटा प्रतिवद्धताहरुमा सशक्त उद्योग वाणिज्य संघ, स्वस्थ व्यवसायी योजना, समानान्तर संस्थालाई निरुत्साहीत गर्ने, सद्भावमा नेतृत्वदायी भूमिका, सरलीकृत एकद्वार कर प्रणाली, सभागृह र प्रदर्शनी स्थल निर्माण, समृद्ध आर्थिक क्षेत्र ः लगानी सम्मेलन, सुधार जडिबुटी व्यवसायमा, सुरु गरौं ः नेपालगञ्ज –दिल्ली उडान, सक्षम पर्यटकीय क्षेत्र, सबल सीमा नाका, सडक किनार ः स्थानीय परिकार, समन्वय आयात–निर्यात, सर्वसुलभ बंैकिङ प्रणाली, सहजीकरण कर शिक्षामा, सरकारलाई प्रश्न हाम्रो कर किन र सञ्चारसँग सहकार्य रहेका छन् ।

प्यानलले सार्वजनिक गरेका प्रतिवद्धताहरु पुरा गर्ने लक्ष्य र उदेश्यका साथ आफुहरु निर्वाचनमा होमिएको अध्यक्षका उम्मेदवार धामीले बताउनुभयो । उहाँले नेपालगन्जका उद्योगी व्यवसायीका समस्या समाधान गर्नुका साथै यो सहरलाई पश्चिम नेपालकै प्रमुख आर्थिक सहर बनाउने आफुहरुको योजना रहेको बताउनुभयो ।
प्यानल निर्माण गर्दा पनि नेपालगन्ज सहरको प्रमुख विशेषता धार्मिक सदभाव र एकता झल्किने गरि टीम निर्माण गर्न सफल भएको र राजनितिक हिसाबले पनि धेरै राजनितिक दलसंग आवद्ध व्यवसायीलाई समेट्न सकिएकोले अत्यधिक मत आउने समावेशी प्यानलको दावी छ ।
संघको संस्थागत विकास, उद्योगी, व्यवसायीको हकहित सुरक्षित गर्नसक्ने, उनीहरुको क्षमता अभिवृद्धि गर्न तालिम, गोष्ठी, सभा, समारोह आयोजना गरिने उपाध्यक्षका उम्मेदवार चिरन्जिवी ओलीले बताउनुभयो । उहाँले १७ बुँदे प्रतिवद्धतामा सबै उद्योगी व्वयसायीहरुका माग र विषयहरु सम्बोधन भएकोले ती प्रतिवद्धता पुरा गर्न पनि समावेशी प्यानलको जित अपरिहार्य रहेको बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *