१४ बैशाख २०८१, शुक्रबार

सामुदायीक वनबाट अवैध रुपमा काटिएको ५० क्युफिट काठ बरामद

सामुदायीक वनबाट अवैध रुपमा काटिएको ५० क्युफिट काठ बरामद

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २५ । विभिन्न प्रकारका अवैध चोरी पैठारी र तस्करीका घट्नाहरु हुने गरेको बाँकेमा अवैध काठ कटान र काठ तस्करी पनि बढेको पाईएको छ । पछिल्लो समयमा आएर बाँके जिल्लाका धेरै सामुदायीक वनमा कतै सामुदायीक वनकै पदाधिकारी त कतै काठ तस्करहरुद्धारा अवैध वन फडानी र काठ कटान भैरहेको पाईएको छ ।
सोही क्रममा बाँकेको डुडुवा गाउँपालिका–१ हजरात सामुदायिक वनमा अवैधरुपमा कटान गरिएको ५० दशमलव १० क्यूफिट वेवारिसे काठ प्रहरीले बरामद गरेको छ ।

सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन डिभिजन कार्यालयका कर्मचारी र खडैचा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले वनमा गस्ति गर्नेक्रममा तस्करी गर्ने उदेश्यले राखिएको उक्त काठ फेला पारेको थियो ।
प्रहरीले बरामद गरेको काठ हजरात सामुदायिक वनका पदाधिकारीलाई बुझाएको प्रहरीले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *