१४ बैशाख २०८१, शुक्रबार

सीमापारीबाट नेपाली र भारतीय नक्कली नोट छापेर नेपालगञ्ज पठाउने पक्राउ

सीमापारीबाट नेपाली र भारतीय नक्कली नोट छापेर नेपालगञ्ज पठाउने पक्राउ

सिराज खान
नेपालगञ्ज, बैशाख ३१ । यहाँस्थित नेपाल–भारत सीमा पारी भारतीय क्षेत्रमा बसेर नक्कली नेपाली र भारतीय रुपियाँ छापेर नेपालतर्फ पठाउने पाँच जनालाई भारतीय प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
भारतको बहराईच जिल्लाको रुपैडिहामा बसेर नेपाली र भारतीय नक्कली रुपियाँ छापेर नेपाल पठाउने गिरोहलाई नक्कली नेपाली र भारतीय नोट र छाप्ने मेसिनसहित बहराईच एटिएस र रुपैडिहा पुलिसले पक्राउ गरेको हो ।
रुपैडिहा प्रहरी थानाका प्रमुख एसओ श्रीधर पाठकले दिनु भएको जानकारी अनुसार रुपैडिहा नजिकै नक्कली रुपियाँ छाप्ने र विक्रि वितरण गर्ने सुचनाको आधारमा बहराईच एटीएस र रुपैडिहा प्रहरीले संयुक्त रुपमा कारवाही गर्दा लखिमपुर जिल्लाका ५ जनालाई पक्राउ गरिएको हो ।
उहाँले पक्राउ परेका पाँच जना सवार एक गाडीको तलाशी गर्दा सो गाडीबाट ५२ हजार नक्कली भारतीय रुपियाँ र ५ हजार नक्कली नेपाली रुपियाँसहित पैसा छाप्ने मेसिन, लैपटाप, प्रिन्टर र कैची बरामद गरिएको बताउनुभयो ।

पक्राउ परेकाहरुमा लखीमपुर जिल्लाको ईसानगर थाना क्षेत्रको त्रिकोलिया निवासी मुस्ताक, फैजुल हसन, हसनपुर कटौली निवासी सलीम, वीरसिंहपुर निवासी अलीम र रायपुर गांव निवासी कुलदीप अवस्थी रहेको भारतीय प्रहरीले जनाएको छ ।
बहराईच जिल्लाका प्रहरी प्रमुख एसपी प्रशांत वर्माले पक्राउ परेका सबैलाई नक्कली नोट र अन्य अपराधसम्बन्धि विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरेर बहराईच कारागारमा पठाईएको बताउनुभयो ।
उहाँले बरामद गरिएका विभिन्न उपकरण र कारलाई सिज गरेर थप कानुनी प्रक्रिया अगाडी बढाईएको बताउनुभयो ।
केही समयदेखि नेपाल भारत सीमानाको दुबै तर्फ नेपाली र भारतीय नक्कली नोट सर्वसाधारणको हातमा आउन थालेका थिए । भारतीय प्रहरीको सक्रियतामा नक्कली नोट छाप्ने गिरोहनै पक्राउ परेपछि सो कार्य रोकिने विश्वास गरिएको छ ।
गत केही समयदेखि यहाँस्थित नेपाल भारत नाकामा चरेस, स्मैक लगायतको लागु पदार्थसहित अन्य विभिन्न प्रकारका सामाग्रीको तस्करी बढेपछि दुबै देशका प्रहरीहरु पनि सो रोक्न सक्रिय भएका छन् ।
यसअघि केही महिना पहिले नेपालगञ्जस्थित एक होटलमा पनि नक्कली नोट छाप्ने मेसिन, केही नक्कली नोट र अन्य उपकरण नेपाल प्रहरीले बरामद गरेको थियो । ( गोरखापत्र दैनिकबाट)

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *