५ जेष्ठ २०८१, शनिबार

स्थानीय रोजगार रणनीति २०८० सम्वन्धी कार्यशाला तथा अन्तरक्रिया सम्पन्न

स्थानीय रोजगार रणनीति २०८० सम्वन्धी कार्यशाला तथा अन्तरक्रिया सम्पन्न

समाचारदाता
नेपालगञ्ज, जेठ २६ । बर्दियाको ठाकुरबाबा नगरपालिका रोजगार सेवा केन्द्र र बाँके यूनेस्को क्लबको संयुक्त आयोजनामा रोजगार रणनीति २०८० सम्बन्धि कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्बलद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत रोजगार रणनीति तर्जुमाकालागि रोजगार संवाद मञ्चका पदाधिकारीहरु तथा सरोकारवाला निकायको क्षमता अभिवृद्धि र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
रोजगार संवाद मन्चका अध्यक्ष कमल बहादुर विष्ट तथा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, उद्योग वाणिज्य संघका अध्यक्ष गोबिन्द आचार्य, महिला विकास शाखा, होटेल व्यवसायीहरूको सहभागितामा रोजगार नीतीको पृष्ठभूमी तथा नीतिगत, कानुनी आधार, स्थानीय अवसरहरु साथै रोजगार रणनीति २०८० को वारेमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

रोजगारीको नीतीगत ब्यवस्थाको बारेमा पर्ल परीयोजनाका संयोजक गोविन्द प्रसाद लामिछानेले प्रस्तुतीकरण गर्नु भएको थियो भने रोजगार नीती २०८० को बारेमा ठाकुरवाबा ननगरपालिका रोजगार सेवा केन्द्रका संयोजक रविन्द अर्यालले प्रस्तुत गर्नु भएको थियो ।
उक्त कार्यक्रममा रोजगारी प्रवद्वनका चुनौती र जोखिमको रुपमा श्रमको सम्मान, श्रमको सस्कृतिको क्षयीकरण, कृषि र अन्य उत्पादनले बजार नपाउने, पर्यटन क्षेत्रको आकार सानो भएकोले आशातीत रोजगारी सृजना नभएको, आन्तरिक रोजगारी तथा स्वरोजगारीमा वितृष्णा हुनु, वैदेशिक रोजगारीलाई बढ़ावा दिएकोले स्थानीय रोजगार उद्यम ब्यवसाय फस्टाउन नसकेकोमा चिन्ता प्रकट गरिएको थियो ।
साथै स्थानीय आवश्यकता अनुरूप सिप बिकासमा लगानी गर्ने, युवा स्वरोजगार कोषको आकार बढाई रोजगारउन्मुख शिक्षा र नवप्रवर्तनहरुको विवरण एकिकृत गरी कार्यक्रम संचालन गर्ने प्रतिवद्वता पनि सोही अवसरमा सरोकारवालाले गर्नु भएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *