२३ बैशाख २०८१, आईतवार

गर्मी र तातो हावाबाट जोगिन बी ग्रुपद्धारा सरसफाईकर्मी र कृषक सुपरभाइजरलाई अभिमुखिकरण

गर्मी र तातो हावाबाट जोगिन बी ग्रुपद्धारा सरसफाईकर्मी र कृषक सुपरभाइजरलाई अभिमुखिकरण

समाचारदाता
नेपालगञ्ज, जेठ २६ । भेरी वातावरणीय विशिष्ठ समुह बी ग्रुपले रेडक्रस बाँकेसंग समन्वय गरेर यस क्षेत्रमा केही दिनयता बढ्दै गएको अत्यधिक गर्मी र तातो हावा लु कारण जनजीवन कष्टकर बन्दै गएको ठहर गरि सो बाट जोगिनका लागि अपनाउनुपर्ने उपाय र सचेतना बारे सरसफाइकर्मी र कृषकलाई अभिमुखिकरण गरेर जानकारी गराएको छ ।
बी ग्रुपले एमडीएम फ्रान्सको साझेदारीमा बाँकेमा सञ्चालन गरिरहेको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजना अन्तर्गत सो अभिमुखिकरणको आयोजना गरेको हो ।
केहीदिनयता अत्यधिक बढेको तापक्रम र तातो हावा लु ले गर्दा सर्वसाधारण बिरामी पर्न थालेपछि संस्थाले नेपालगञज उपमहानगरका ३६ जना सरसफाई सुपरभाइजर र डुडुवा, खजुरा तथा नेपालगञ्जका गरेर १५ जना कृषक सुपरभाइजरलाई गर्मी र तातो हावाबाट जोगिनका लागि अभिमुखिकरण दिईएको पेशागत तथा वातावरणीय स्वास्थ्य सहयोग परियोजनाका व्यवसाय विकास अधिकृत समद सिद्दिकीले बताउनुभयो ।

उहाँले अभिमुखिकरणमा सहभागिहरुले आ आफ्नो मातहतका सरसफाईकर्मी र कृषकलाई यहाँ सिकेका कुराहरु जानकारी गराउने बताउनुभयो । सो अभिमुखिकरणको सहजिकरण रेडक्रस बाँकेका कार्यक्रम अधिकृत प्रह्लाद विश्वकर्माले गर्नु भएको थियो । सहजीकरण गर्दै उहाँले तातो हावा लु भनेको के हो ? यसको प्रभाव र बच्ने उपाय लगायत अपनाउनु पर्ने सचेतनाका बारेमा सहभागिलाई जानकारी गराउनु भएको थियो ।
तातो हावा लु चलेको बेलामा कामदारलाई दिउँसोको समयमा काममा नलगाई विहान र बेलुका काममा लगाउनु पर्ने र अन्य सर्वसाधारणले पनि दिउँसो जोगिनु पर्ने आग्रह गरेको रेडक्रस बाँकेका अधिृकत विश्वकर्माले बताउनुभयो ।
गर्मीले जनजीवन अत्यधिक प्रभावित भएपछि अहिले बाँकेका सबै विद्यालय बन्द गरिएका छन् भने जिल्ला प्रशासन कार्यालयले पनि तातो हावाबाट जोगिन अझै केही दिन दिउँसो सकभर घरबाट बाहिर ननिस्कन सबैसंग आग्रह गरेको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *