१९ बैशाख २०८१, बुधबार

एमडिएम फ्रान्सद्वारा जाजरकोटका भूकम्पपीडितलाई औषधि र त्रिपाल सहयोग

एमडिएम फ्रान्सद्वारा जाजरकोटका भूकम्पपीडितलाई औषधि र त्रिपाल सहयोग

सिराज खान
नेपालगन्ज, मङ्सिर ८ गते । भूकम्प प्रभावित जाजरकोटको जिल्ला अस्पताल र भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोट गाउँपालिकालाई एमडीएम फ्रान्सले ८८ प्रकारका अति आवश्यक औषधिलगायत त्रिपालहरू सहयोग गरेको छ ।
औषधि र त्रिपाल वितरण गरेर जाजरकोटबाट फर्किनुभएका एमडीएम फ्रान्सका कार्यक्रम अधिकृत गणेश कार्कीले दिनुभएको जानकारीअनुसार जाजरकोट अस्पताललगायत बारेकोट स्वास्थ्य चौकीको आधारभूत सेवालाई सुचारु राख्न औषधि तथा टेन्ट सहयोग गरिएको हो ।
उहाँले जाजरकोट अस्पताल र स्वास्थ्य संस्थाहरुको अवस्थालाई अध्ययन गरी अति आवश्यक औषधि र त्रिपाललगायतको सहयोग गरिएको बताउनुभयो ।
औषधि र त्रिपाल हस्तान्तरण गर्न गएका बेला भूकम्पको केन्द्रबिन्दु रहेको बारेकोटमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेर ३०० भन्दा बढीको उपचार गर्दै औषधि वितरण गरिएको कार्यक्रम अधिकृत कार्कीले बताउनुभयो ।
बारेकोटको लिम्सास्थित अस्पतालमा आयोजना गरिएको स्वास्थ्य शिविरमा एमडीएम फ्रान्सका चिकित्सक डा। आश्मा शाहलगायतले सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

सो अवसरमा स्वास्थ्य परीक्षणका लागि आएका अधिकांश सर्वसाधारणलाई चिसोका कारण ज्वरो, खोकी र दमसहित अन्य रोग पनि लागेको भेटिएको डा शाहले बताउनुभयो ।
सोही अवसरमा भूकम्पपीडित तथा स्थानीयको औषधि उपचार गर्नुका साथै २०० परिवारलाई हाइजिन र डिग्निटी किट वितरण गरिएको एमडी फ्रान्सले जनाएको छ ।
भूकम्प पश्चात अधिकांश पीडितहरु त्रिपालमा बस्दैआएका कारण उहाँहरुमा भूकम्पपछिको आघात, ज्वरो, खोकी, दम, र उच्च रक्तचापलगायतका समस्या देखिएको कार्यक्रम अधिृकत कार्कीले बताउनुभयो ।
उहाँले सो क्षेत्रको आवश्यकता र मागलाई दृष्टिगत गरी ८८ प्रकारका अति आवश्यक थप औषधिलगायत ३०० हाइजिन र डिग्निटी किट जाजरकोट जिल्ला अस्पताल र बारेकोट गाउँपालिकाको आधारभूत अस्पताललाई बिहीबार फेरि पठाइएको बताउनुभयो ।
पीडितको अस्थायी बासोबासका लागि १०० घरधुरीलाई शेल्टर किट ९त्रिपाल, नाइलन डोरी, कम्बल, अलुमिनियमफ्लोर, म्याट र वाटरप्रुफ झोलासहितको० केही दिनमै पठाइने सो टोलीमा रहनुभएका समद सिद्दिकीले बताउनुभयो ।
उहाँले जाजरकोटमा थप स्वास्थ्य शिविर आयोजना गर्नुका साथै स्वास्थ्य कार्यालयको मागअनुसार औषधिलगायत स्वास्थ्यजन्य उपकरण पनि प्रदान गरिने योजना रहेको जानकारी गराउनुभयो । ( गोरखापत्र अनलाइनबाट साभार )

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *