१९ बैशाख २०८१, बुधबार

बालिका पुजा चौधरी बनिन् गुलरिया नगरपालिकाकी उपप्रमुख

बालिका पुजा चौधरी बनिन् गुलरिया नगरपालिकाकी उपप्रमुख

समाचारदाता
नेपालगन्ज, मंसिर ११ । बालबालिकाको अधिकार संरक्षणका लागि बालिका पुजा चौधरीेले टेक ओभर गर्दै सांकेतिक रुपमा बर्दियाको गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्ने अवसर पाउनु भयो ।
१२ औं अन्तर्राष्टिय बालिका दिवस २०२३ को अवसरमा बर्दियाको गुलरिया नगरपालिकामा सञ्चालित शसक्त बालिका परियोजना अन्तर्गत गल्र्स टेक ओभर कार्यक्रममा चौधरीले उपमेयरको भूमिका निर्वाह गर्नु भएको हो ।
प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा बढैयाताल गाउँपालिका, बि ग्रुप र आरकेजेएसको समन्वयमा बाँके युनेस्को क्लबले सञ्चालन गरेको सो टेक ओभर कार्यक्रममा बालिका पुजा चौधरीले गुलरिया नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्नुभयो ।
बालिका तथा किशोरीको नेतृत्व विकास गर्नुका साथै शसक्तिकरण गर्ने उदेश्यले सञ्चालित सो कार्यक्रममा सो भूमिका निर्वाह गर्नु भएकी चौधरीलाई बाल क्लबकी अध्यक्ष उजस्वी ढकालले किशोरी क्लबको तर्फबाट नौ बुँदे ज्ञापन बुझाउनु भयो ।
सो अवसरमा आयोजित छलफल कार्यक्रममा विभिन्न बालिकाहरुले बालबालिका र किशोरीका सवालहरुका बारेमा जिज्ञासा राखेका थिए भने उपप्रमुख चौधरीले जवाफ दिनु भएको थियो ।


गुलरिया नगरपालिकाकी उपमेयर सावित्रा गौतमको अध्यक्षतामा सम्पन्न भएको टेक ओभर कार्यक्रमको सहजीकरण परियोजनाका संयोजक गोविन्द लामिछानेले गर्नु भएको थियो भने परियोजनाको उदेश्य बारे परियोजना अधिकृत ईश्वर विकले जानकारी गराउनु भएको थियो ।
टेक ओभरमा नगरपालिकाको उपमेयरको भूमिका निर्वाह गर्नु भएकी चौधरीले आफ्नो अनुभव सुनाउँदै यसबाट आत्मविश्वास बढ्नुका साथै नेतृत्व गर्ने अवसरले क्षमताको पनि विकास भएको बताउनुभयो ।
कार्यक्रमको समापन गर्दै उपमेयर गौतमले यो कार्यक्रम निकै प्रभावकारी रहेको जनाउँदै यसले बालिका र किशोरीको क्षमता बढाउन अहम भूमिका खेल्ने बताउनु भयो ।
उहाँले प्लान र युनेस्कोले बाल विवाह अन्त्यका लागि गुलरियामा गरेका प्रयास र कार्यक्रम निकै प्रभावकारी देखिएकोले पालिकाले पनि निरन्तर सहयोग गरिरहने र ज्ञापन पत्रमा उल्लेख गरिएका बुँदाहरु कार्यान्वय गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
विभिन्न क्लबका १५ जना किशोरीहरुको उपस्थिति रहेको सो कार्यक्रममा गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह, सामाजिक विकास अधिकृत मुकुन्द अर्याल, शिक्षा शाखा प्रमुख शतिस यादव र महिला तथा बालबालिका शाखा प्रमुख शिला शाहले बालविवाह अन्त र बालिका अधिकारका बारेमा आफ्नो धारणा राख्नु भएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *