१४ बैशाख २०८१, शुक्रबार

कतार च्यारेटीद्धारा नरैनापुरसहित लुम्बिनीका आठ स्थानीय तहलाई अत्याधुनिक एम्बुलेन्स प्रदान

कतार च्यारेटीद्धारा नरैनापुरसहित लुम्बिनीका आठ स्थानीय तहलाई अत्याधुनिक एम्बुलेन्स प्रदान

सिराज खान
नेपालगञ्ज, चैत १३ । ग्रामीण भेगहरुमा स्वास्थ्य सेवाको सहज पहुँच बढाई प्रभावकारी स्वास्थ्य सेवा मार्फत मातृ तथा शिशु मृत्युदर कम गर्न टेवा पुर्‍याउने उद्देश्यले कतार च्यारिटी नेपालले लुम्बिनी प्रदेशका आठ ओटा स्वास्थ्य संस्थालाई अत्याधुनिक एम्बुलेन्स हस्तान्तरण गरेको छ।
कतार च्यारेटीको सहयोगमा लुम्बिनी एकिकृत विकास संस्थाले प्रदेशका ८ ओटा स्थानीय तहका स्वास्थ्य संस्थालाई दिनेगरि लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालयलाई आइतवार बुटवलमा ती एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
लुम्बिनी प्रदेशका स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्र जित थारू र शिक्षा, बिज्ञान, युवा तथा खेलकुद मन्त्री वसिउद्दिन खानको उपस्थितिमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद के सीलाई ती आठ ओटा एम्बुलेन्सको साँचो र कागजपत्र हस्तान्तरण गरिएको कतार च्यारिटीका निर्देशक इर्शाद अलि शेखले बताउनुभयो ।

उहाँले प्रदेश सरकारलाई दिइएको एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले रुपन्देही मर्चवारीको रायपुर प्राथमिक स्वास्थ्य केन्द्र, कपिलवस्तुको शिवराजको शिवराज स्वास्थ्य केन्द्र, बांके नरैनापुरको लक्ष्मणपुर स्वास्थ्य केन्द्र, पाल्पा रामपुरको गन्डाकोट स्वास्थ्य केन्द्र, बर्दिया राजपुरको बदलपुर स्वास्थ्य केन्द्र, गुल्मी कालीगण्डकीको पुर्तिघाट स्वास्थ्य केन्द्र, दांग बबईको हापुरे स्वास्थ्य केन्द्र र प्युठान बिजुवारको प्युठान अस्पताललाई प्रदान गरिने बताउनुभयो ।
सरकारले तोकेको निर्देशिका अनुसार ख वर्गको मापदण्ड पुरा गरेका ८ वटा एम्बुलेन्सको लागत १ करोड ६३ लाख ८६ हजार १ सय १२ रुपैयाँ रहेको छ । एम्बुलेन्समा इमर्जेन्सीका बेला आवश्यक पर्ने ईसीजी मोनिटरसहितका २४ वटा उपकरण रहेको कतार च्यारिटीका निर्देशक शेखले बताउनुभयो ।
सो अवसरमा संघीय सांसद अतहर कमाल, समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्ट, लगायतको उपस्थिति रहेको थियो । कतार च्यारेटीले विपन्न र गरिबको जिवनस्तर उकास्नका लागि देशका धेरै भागमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *