१४ बैशाख २०८१, शुक्रबार

काँग्रेस बाँकेको सभापतिमा गौडेलको संभावना बलियो, दोस्रो चरणमा नयाँ समिकरण बन्दै

काँग्रेस बाँकेको सभापतिमा गौडेलको संभावना बलियो, दोस्रो चरणमा नयाँ समिकरण बन्दै

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १९ । नेपाली कांग्रेस बाँकेको नयाँ नेतृत्व चयनका लागि विहिबार भएको मतदानपछिको मतगणनामा कुनै पनि उम्मेदवारहरुले ५० प्रतिशत बढी मत ल्याउन नसकेपछि शुक्रवार पुनः मतदान हुने भएको छ । विहिबार साँझ भएको मतगणनामा संस्थापन इतरका नारायण प्रसाद गौडेलले ५६९ मत ल्याउँदै पहिलो भएका छन् भने उनका प्रतिद्वन्द्वी बादशाह कुर्मीले ५३८ मत ल्याउँदै दोस्रो नम्बरमा आएका छन् ।
त्यस्तै सभापतिका अर्का उम्मेदवार सुरेन्द्र हमालले ३१४ मत प्राप्त गर्दै तेस्रो स्थानमा आएका छन् । गौडेल संस्थापन इतरका हुन् भने कुर्मी र हमाल संस्थापन समूहबाट उम्मेदवारी दिएका थिए ।
कांग्रेस विधान अनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशत बढी मत ल्याउनुपर्ने भएका कारण विहिबार भएको मतगणनामा पहिलो र दोस्रो हुने गौडेल र कुर्मीबिच पुनः शुक्रवार मतदान हुने भएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

दोस्रोे चरणका लागि हुने निर्वाचनमा गौडेल सभापतिमा विजयी हुने संभावना बलियो देखिएको छ । विभिन्न कारणले गौडेलको संभावना बढेको काँग्रेस निकटका विशलेषकहरु बताउँछन् । जिल्लामा संस्थापन पक्ष बलियो भएपनि अब हुने दोस्रो राउण्डमा भने हमाल निकटका धेरैले गौडेललाई मतदान गर्ने संभावना बढेको छ भने कुर्मीको मत अब धेरै बढ्ने संभावना छैन ।
हमाल पक्षका धेरैले कुर्मीको उम्मेदवारीलाई गलत साबित गर्न पनि उनलाई मत नदिने देखिएको छ भने अर्कोतिर अन्य विभिन्न निर्वाचन जस्तै यो निर्वाचनमा पनि उम्मेदवार हेरेर मतदान गरिने संभावना रहेकोले कुर्मीको संभावना घटेर गएको छ ।
कुल १४ सय ९३ मत संख्या मध्ये १४ सय ४५ जना मतदाताले विहिबार मतदान गरेकोमा २४ मत बदर भएको निर्वाचन कमिटीले जानकारी दिएको छ ।
जिल्ला सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चयन गर्न विहिबार बिहान सवा ९ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान भएको थियो ।
निर्वाचन कमिटीको छलफलपछि शुक्रबार बिहान सभापतिका लागि १० बजेदेखि ३ बजेसम्म पुनः मतदान हुने जनाइएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *