२६ बैशाख २०८१, बुधबार

कारले ठक्कर दिएर तीनजनालाई मार्ने चालक थापा जेल चलान

कारले ठक्कर दिएर तीनजनालाई मार्ने चालक थापा जेल चलान

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख २२ । नेपालगञ्ज ११ का तीन जनालाई कारबाट ठक्कर दिएर ज्यान लिने गरि गराईएको दुर्घटनामा संलग्न कार चालकलाई जेल चलान गरिएको छ । बाँके जिल्ला अदालतले सडक छेउमा पैदल हिडिरहेका तीन जनालाई ठक्कर दिएर मार्ने ती चालकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेपछि उनलाई जेल पठाईएको छ ।
२०७८ चैत २७ गते धम्बोझी चोक नजिकै थापाले चलाएको कारले ठक्कर दिएर किच्दा सडकमा हिडीरहेका पैदल यात्री नेपालगन्जका ६५ वर्षीय समिमा इदिसी, ५ वर्षीय बालक मो कासिम इद्रिसी र ६ वर्षीय मोहम्मद अली अन्सारीको मृत्यु भएको थियो । सो घटनामा कानुनी कारबाहीमा रहेका कार चालक नेपालगन्ज–१० का इन्द्र बहादुर थापालाई अदालतले विहिबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
यसअघि मृतकका आफन्त र सर्वसाधारणले समेत उनलाई हत्या आरोपमा कडा भन्दा कडा सजाय दिनुपर्ने माग गर्दै आएका थिए ।
बाँके जिल्ला अदालतमा विहीबार भएको थुनछेक बहसमा बाँके जिल्ला अदालतका न्यायाधिश ईश्वरी प्रसाद भण्डारीको एकल इजलासले चालकलाई थुनामा पठाएको हो । तिब्र गतिमा गाडी चलाएर भएको दुर्घटनामा सिसिटिभी फुटेजलगायतको प्रमाणका आधारमा अदालतले कार चालक थापालाई थुनामा पठाएको सम्बद्ध कानुन व्यवसायीले बताएका छन् ।

मुद्दाको सुनवाईमा पीडित जाहेरवालाको तर्फबाट जिल्ला सरकारी वकिल कार्यलय बाँकेका जिल्ला न्याधिबक्ता बासुदेव शर्मा, सहन्याधिबक्ता दामोदर गौतम, अधिबक्ताद्धय विश्वजित तिवारी र पुनम श्रेष्ठ तथा प्रतिबादीका तर्फबाट वरिष्ठ अधिबक्ता भोलासिंह हमाल, अधिबक्ताहरु सुनिल श्रेष्ठ, लोकबहादुर शाह, र गणेश थारुले बहस गरेका थिए ।
विहीवारको बहसमा पीडितको तर्फबाट सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी लगायतको समुहले कानूनी सहयोग गरेको जनाएको छ । संस्थाले पिडित र न्याय नपाएकाहरुलाई निशुल्क कानूनी सेवा समेत प्रदान गर्दै आएको अध्यक्ष तिवारीले जानकारी दिनुभयो ।
अदालतले चालकलाई जेल पठाएपछि पहिलो चरणको न्याय पाएको पिडित परिवारले जनाएका छन् । तर, उनलाई छुटाउन चलखेल भेरहेको आशंका गर्दै उनिहरुले त्यस्तालाई कुनैपनि हालतमा छोड्न नहुने माग गरेका छन् ।
दुर्घटनापछि चालकलाई कडा कारवाहीको माग गर्दै मृतकका आफन्त र नगरवासीले विपी चोकमा घण्टौ आन्दोलन गरेका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *