१४ बैशाख २०८१, शुक्रबार

छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

छात्रालाई बलात्कार गरेको अभियोगमा शिक्षक पक्राउ

.नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १० । बाँकेमा शिक्षकद्वारा एक छात्रामाथि बलात्कार प्रयास भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२ घरबारी टोलस्थित एन्जल्स हाई स्कुलका शिक्षक सञ्जय जयसवालले १५ वर्षीया छात्रामाथि बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार बलात्कार प्रयास गर्ने शिक्षकलाई पक्राउ गरि हिरासतमा राखिएको छ ।
शिक्षक जयसवालद्वारा आफूमाथि बलात्कार प्रयास भएको भनि ती छात्राले जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गरेपछि यस्तो घटना बाहिर आएको हो ।
डिएसपी न्यौपानेका अनुसार, शिक्षक जयसवालले छात्रामाथि गत माघ २५ गते बलात्कारको प्रयास गरेका थिए । छात्राले दिएको जबरजस्ती करणी जाहेरीमा मुद्दा दर्ता गरि कारबाही अगाडी बढाएको उहाँले बताउनुभयो ।
एन्जल्स हाई स्कुलका शिक्षक जयसवालले नेपालगन्ज सुर्खेतरोड स्थित सीएससी इन्स्टिच्युटमा गणित विषयको कोचिङ पढाउने क्रममा ती छात्रामाथि बलात्कार प्रयास गरेको प्रहरीले जनाएकोछ ।
पक्राउ परेका शिक्षक जयसवाललाई अदालतबाट म्याद थप गराई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
2
+1
2
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *