१४ बैशाख २०८१, शुक्रबार

थारु र मधेशीलाई किनारा लगाउँदै एमालेद्धारा महाधिवेसन प्रतिनिधि छनोट

थारु र मधेशीलाई किनारा लगाउँदै एमालेद्धारा महाधिवेसन प्रतिनिधि छनोट

नेपालगञ्ज, २८ कात्तिक । नेकपा एमालेको आसन्न १०औ महाधिवेशनका लागि बाँकेबाट जातिय र भौगोलिक समावेशितालाई किनारा लगाउदै सर्वसम्मत प्रतिनिधि छनौट गरिएको छ । पार्टीको जिल्ला कमिटीले पालिका कमिटी, वडा कमिटी र जिल्ला कमिटी सचिवालय सदस्यहरुको म्यान्डेटको आधारमा सर्वसम्मत प्रतिनिधि छानेको जनाएका छ ।
एमाले बाँकेका उपसचिव प्रमोद धितालले दिएको जानकारी अनुसार क्षेत्र नम्बर १ बाट कोहलपुर नरपालिकामा मात्र प्रतिनिधि केन्द्रीत बनाईएको छ । राप्तीसोनारी र नरैनापु्र जहाँ थारु समुदाय र मधेशी समुदायको बर्चश्व रहेको दुबै पालिकालाई प्रतिनिधि शुन्य बनाउदै थारु र मधेशीलाई किनारा लगाउदै क्षेत्रनं। १ बाट देबराज भार, सुर्य ढकाल, प्रेम भुसाल, बसन्ती अधिकारी र भारती खनाल छनौट भएका छन् ।
यसैगरी क्षेत्र नम्बर २ बाट पार्टी जिल्ला अध्यक्ष निरक गुरुङ, अशोक कर्माचार्य, हलिम शाह, बिजया धिताल छानौट भएका छन । क्षेत्रनं २ मा समेत मधेशीको बाहुल्यता रहेको स्थानमा मधेशी प्रतिनिधि छनौट भएनन । क्षेत्र नम्बर ३ बाट पार्टी उपाध्यक्ष किस्मत कक्षपति, सचिव रत्न खत्री, घननाथ खनाल र भुमिसरा धिताल प्रतिनिधि चयन भएका छन् ।
बाँकेमा थारु र मधेशी बाहुल्यता क्षेत्र भएको अवस्थामा पार्टी महाधिवेशनको प्रतिनिधि छनौट प्रकृयामा मधेशी र थारुलाई किनारामा राखेर प्रतिनिधि छनौट गरिएको भन्दै केही असंतुष्टि देखापरे पनि आफुहरुलाई प्राप्त मेण्डेड अनुसार समानुपातिक तरिकाले छनौट गरिएको अध्यक्ष निरक गुरुङ्गले जानकारी दिए । ( सदरलाइन डटकमबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *