२२ बैशाख २०८१, शनिबार

देशलाई सुवास नेम्वांगको अझै ठुलो आवश्यकता थियो–पुर्णा सुवेदी

देशलाई सुवास नेम्वांगको अझै ठुलो आवश्यकता थियो–पुर्णा सुवेदी

डा.डक्टप्रसाद धिताल
नेपालगन्ज, २८ भदौ । गत मंगलबार भदौं २६ गते निधन हुनुभएका संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको विहिबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
उहाँको निधनको शोकमा नेपाल सरकारले विहिबार देशभर सार्वजनिक बिदा समेत दिएको छ । सुवास नेम्वाङ संविधानसभा अध्यक्ष हुदाँ संविधान सभाको उपाध्यक्षको जिम्मेवारीमा रहनुभएका नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा हाल बर्दिया जिल्ला इन्चार्जको भुमिकामा रहनुभएका पुर्णा सुवेदी यसरी सम्झनुहुन्छ, स्वर्गीय सुवास नेम्वाङलाई ।
संविधान सभाको अध्यक्ष, उपाध्यक्ष, अन्तरिम व्यवस्थापिका संसदको सभामुख र उपसभामुख भएर पनि हामीले एकै ठाउँमा काम गर्यौं । उहाँसंग काम गर्न त्यति अप्ठेरो भएन, सजिलो नै भयो, सिकाउनु हुन्थ्यो । एउटा वामपन्थी शालिन भद्र, नेकपा एमाले पार्टी भित्र पनि एउटा सन्तुष्ट नेता, सबैलाई सन्तुलित रुपमा मिलाएर लग्न सक्ने नेता उहाँ हुनुहुन्थ्यो । हामी निरन्तर छलफल, कुराकानी, सहकार्यमै रहेर काम गर्यौं ।

मेरो फोन त, जतिबेला पनि उठाउनु हुन्थ्यो । जुन बिषयलाई निष्कर्षमा पुर्याउन असाध्यै मिहीनेत गर्ने, अरुलाई बुझाउन, सहमत गर्न सक्ने उहाँको कार्यक्षमता थियो । उहाँको सहयोगमा मलाई पनि टिकाटिप्पणी गर्ने ठाउँ रहेन । राम्रै सँग हामीले पाएको जिम्मेवारी पुरा गर्यौं । उहाँसँग सहकार्य गरेर भएका कामहरुको स्मरण भईरहेको छ, घटना सुनेर स्तब्ध छु ।
हामी सबैले एउटा वामपन्थी नेता गुमाएको स्थिती छ । एक किसिमले अतुलनीय क्षति भएको मैले महसुस गरेको छु । अझै पनि उहाँको नेतृत्वको आवाश्यकता देशलाई थियो । मलाई त, अहिले पनि उहाँको निधन भए जस्तै लागेको छैन । सुन्दा मलाई शुरुमा विश्वास नै लागेको थिएन, नपत्यायर पनि भएन फेरी । उहाँ बिरामी भएर अस्पतालमा भेट गर्न जाने वातावरण पनि बनेन, अपरझट, इर्मेरजेन्सी निधन भयो । विशेष कारणवस, उहाँको अन्तिम विदाईमा सहभागी हुन सकिन, यस परिस्थितीमा दुखीत छु । पटकपटक उपाध्यक्ष सुवेदीले श्रद्धाञ्जली व्यक्त गर्नुभयो । सहकार्य र सहमति गर्न खप्पिस स्व नेता नेम्वाङलाई गुमाउदा राष्ट्रले ठूलो क्षति भएको मैले महसुस गरेको छु, नेता उपाध्यक्ष सुवेदीले भावविह्वल हुँदै गुडन्युजसँगको कुराकानीमा बताउनु भयो । सँगै काम गर्दा कहिल्यै पनि तितो पनको अनुभव र महसुस गर्नु नपरेको भन्दै नेता सुवेदीले जिकिर गर्नु भयो ।
( नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा हाल बर्दिया जिल्ला इन्चार्जको भुमिकामा समेत रहनुभएका पुर्णा सुवेदी सँग डाडक्ट प्रसाद धितालले गर्नुभएको कुराकानीमा आधारित । )


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *