२२ बैशाख २०८१, शनिबार

जनसांस्कृतिक महासंघ बाँकेद्धारा विकृति, कुरीति एवम् कुसंस्कार विरुद्ध तीज विशेष कार्यक्रम

जनसांस्कृतिक महासंघ बाँकेद्धारा विकृति, कुरीति एवम् कुसंस्कार विरुद्ध तीज विशेष कार्यक्रम

समाचारदाता
नेपालगन्ज, भदौ २७ । नेकपा माओवादी केन्द्र निकटको कलाकारहरुको संगठन जनसाँस्कृतिक महासंघ बाँकेले नेपालगन्जमा विकृति, कुरीति एवम् कुसंस्कार विरुद्ध सचेतना जगाउँदै तीज विशेष कार्यक्रम गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दामा शर्माले तीजलाई भड्किलो खर्चिलो तथा रुढीबादी र परम्परागत ढंगले नभई सुशासनका पक्षमा रहेर प्रगतिशील, चेतनामूलक, भ्रष्टाचारविरुद्ध, महिला हिंसाविरुद्ध तथा समाजमा रहेका तमाम विकृति, कुरीति एवम् कुसंस्कारका विरुद्ध समाजलाई सुसूचित गराउदै चेतनामूलक गीत र नृत्यबाट समाजलाई परिवर्तन गर्नुपर्ने बताउनुभयो ।
उहाँले तीजलाई धार्मिक हिसाबले नभएर साँस्कृतिक चाडपर्वका रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो ।

नेकपा माओवादी केन्द्रका बाँके संयोजक नरेन्द्र पाण्डे जेम्सले तीजलाई अरुको देखासिकी गरेर आधुनिकताका नाममा पाश्चात्य संस्कृति समाजमा फैलिरहेको भन्दै त्यसका विरुद्धमा समाजलाई रुपान्तरण गर्ने खालका गीत संगीतमार्फत महासंघले कार्यक्रम अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो।
तीज विशेष कार्यक्रममा कलाकारहरु रबीना बम, सीमा घर्ती र मनिषा घर्तीलगायतले विभिन्न तीज गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
जनसाँस्कृतिक महासंघ बाँकेका उपाध्यक्ष ताराकुमारी रोकायले ‘सारै पीर पर्दो रैछ माइती टाढा भएर, एक छाक खाने ठाउँ छैन कतै गएर’ लगायतका महिला दिदीबहिनीहरुका वेदना झल्किने गीत गाउनु भएको थियो । सोही अवसरमा महासंघका सदस्य एवं गायक तथा संगीतकार बलु तामाङले पनि आफूद्वारा सृजित गीत गाउनु भएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ शसीराम कार्की, जनसाँस्कृतिक महासंघका केन्द्रीय सदस्य मणि अर्याल तथा माओवादी केन्द्रका नेपालगन्ज उपमहानगर अध्यक्ष रतन शाहीलगायतले शुभकामना व्यक्त गरेका थिए ।
महासंघ बाँकेका अध्यक्ष गणेशा कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमलाई सदस्य हरेन्द्र बिकले संचालन गरेका थिए भने उपाध्यक्ष ताराकुमारी रोकायले स्वागत गीत प्रस्तुत गरेकी थिईन ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *