१४ बैशाख २०८१, शुक्रबार

नेपालगञ्ज २ मा आफुखुशी मापदण्ड बनाई डोजर चलाएर घरहरु भत्काउँदै

नेपालगञ्ज २ मा आफुखुशी मापदण्ड बनाई डोजर चलाएर घरहरु भत्काउँदै

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मङ्सिर २२ । नाला निर्माण र सडक विस्तारको नाममा सर्वसाधारणका घर पसलमाथि जबरजस्ती डोजर चलाएर घरहरु भत्काइएको आरोप नेपालगञ्ज २ का स्थानीयले लगाएका छन् ।
नेपालगञ्ज उपमहानगर २ लोनियन टोलमा नाला निर्माण गर्ने तथा कति मिटर सडक विस्तार गर्ने सम्बन्धि जानकारी प्रष्ट रुपमा नगराएरै एक्कासी आएर जनताका घर पसलमा डोजर चलाईएको गुनासो गर्दै सो कार्य ततकाल रोक्न उनिहरुको माग छ ।
स्थानीय विजय बर्माले आफुहरु पनि विकास र विस्तारको पक्षमा रहेको जनाउँदै तर राम्रोसंग कुनै जानकारी नदिई मनपरी मापदण्ड बनाई जस्तो पायो त्यसरीनै डोजर चलाएर घरहरु भत्काउन थालिएको गुनासो गर्नुभयो ।
उहाँले वडा कार्यालयले झाडा टार्ने किसिमको काम चलाउ सुचना निकालेर मनपरी गरिरहेकोले सो रोक्न सम्बन्धित निकायले तत्काल पहल गर्नु पर्ने माग पनि गर्नुभयो ।
घरपसल भत्काउँदा घरधनिहरुसंग पनि सहमति गर्नु पर्ने र सबैका लागि एउटा साझा मापदण्ड बनाउनु पर्नेमा त्यसो नगरेर आफुखुशी गरिएकोले धेरै गरिबहरुको घर समाप्त हुने हुँदा सो कार्य तत्काल रोक्नुपर्ने माग अर्का स्थानीय मेराज नाउले बताउनुभयो ।
उहाँले सहमति गरेर कि त मुआबजा दिनु परयो या बैकल्पिक व्यवस्था गर्नु पर्ने माग गर्नुभयो ।
लोनियन टोलमा कतै तीन मिटर र कतै पाँच मिटरको बाटो कायम गरिएकोमा सोही बमोजिम विस्तार गर्नु पर्नेमा आफुखुशी कतै ६ मिटर र कतै ७ मिटरमा डोजर चलाउने काम भैरहेको अर्का स्थानीय रामदिन तेलीले गुनासो गर्नुभयो ।
उहाँले नाला निर्माण आवश्यक रहेको जनाउँदै तर नाला निर्माणको बहानामा घरनै सखाप हुने गरि डोजर चलाउने नपाइने बताउनुभयो ।
सो बारेमा वडा कार्यालयमा सम्पर्क गर्दा नाला निर्माण कार्य मापदण्ड अनुसार नै भैरहेको जनाउँदै कतिपय स्थानीयलाई मर्का परेको गुनासो आएकाले सो बारेमा छलफल र सहमति गराउने वडा कार्यालयले जनाएको छ ।
लोनियन टोलमा अधिकांश विपन्न र गरिबहरुको बसोबास रहेकोले उनिहरुलाई मर्का नपर्ने गरि विकास निर्माणलाई अगाडी बढाउनु पर्ने सो वडाका विभिन्न राजनितिकदलका अगुवाहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *