५ जेष्ठ २०८१, शनिबार

नेपालगन्जको त्रिभुवन चोकस्थित कपडा पसलमा आगलागी हुँदा करोडको क्षति

नेपालगन्जको त्रिभुवन चोकस्थित कपडा पसलमा आगलागी हुँदा करोडको क्षति

सिराज खान
नेपालगन्ज, भदौ १८ गते । नेपालगन्जको त्रिभुवन चोकमा रहेको नेपाल कलेक्शन नामक कपडा पसलमा सोमवार विहान आगलागी भएको छ । सो आगलागीबाट करिब एक करोडको क्षति भएको प्रहरीेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले सोमवार विहान करिब २ बजेतिर नेपालगन्जको त्रिभुवन चोकमै रहेको अख्तरअलि अन्सारीको नेपाल कलेक्शन नामक फेन्सी कपडा पसलमा आगलागी भएको बताउनुभयो ।
उहाँले आगलागीको सुचना प्राप्त हुनसाथ प्रहरीले घटनास्थलमा पुगेर वारुणयन्त्रको सहयोगमा करिब २ घण्टापछि आगोमा नियन्त्रण पाएको बताउनुभयो । सो आगलागी विद्युत शर्ट भएर भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

आगलागीबाट एक करोडको क्षति भएको नेपाल कलेक्शनका सञ्चालक अन्सारीले बताउनुभयो । उहाँले पसलमा लेडिज फैन्सी कपडासहित अन्य रेडिमेड कपडा ठुलो परिमाणमा रहेकोमा सबै जलेर नष्ट भएको बताउनुभयो ।
विद्युतको भोल्टेज कम बढी हुने समस्या अहिले धेरै भएकोले नेपालगन्जमा दैनिकजसो आगलागीका घट्नाहरु भइरहेको स्थानीयले गुनासो गरेका छन् ।
यसअघि शनिवार राती पनि नेपालगन्ज घरबारीटोलमा रहेका दुई वटा जुत्ता पसलमा विद्युत शर्ट भएर आगलागी भएको थियो । सो आगलागीबाट पनि ठुलो क्षति भएको जनाईएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले आगलागीबाट जोगिन पसल व्यवसाय बन्द गर्दा विद्युत सप्लाई पनि बन्द गरेर जान व्यवसायीसंग आग्रह गरेको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *