१४ बैशाख २०८१, शुक्रबार

नेपाली काँग्रेस नेपालगञ्ज नगरमा थापामगर, विष्ट र रिजालविच प्रतिष्पर्धा

नेपाली काँग्रेस नेपालगञ्ज नगरमा थापामगर, विष्ट र रिजालविच प्रतिष्पर्धा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ३० कात्तिक । यही मंसिर २ गते हुने नेपाली कांग्रेसको नेपालगञ्ज उपमहानगरपालिका सभापति पदको निर्वाचनका लागि तीन जनाविच प्रतिष्पर्धा हुने भएको छ। बिहीबार हुने नगर अधिवेशनमा नेपालगञ्ज उपमहानगरका उमा थापामगर, प्रशान्त विष्ट र विनोद रिजालले उम्मेदवारी दिने घोषणा गरेपछि उहाँहरुविचनै भिडन्त हुने भएको छ ।
थापामगर संस्थापन इतरबाट नगर सभापतिमा उम्मेदवार बन्नु भएको छ भने विष्ट र रिजाल पार्टी सभापति शेरबहादुर देउवा समूहमा रहेको बताईएको छ ।
नगर सभापतिका लागि उम्मेदवार बनेका तीनै जना अहिले विभिन्न महत्वपुर्ण पदहरुमा रहनु भएको छ । थापा मगर उपमेयर हुनुहुन्छ भने विष्ट नेपालगञ्ज नगर समितिका सभापति हुनुहुन्छ र रिजाल तरण दलको जिल्ला सचिव हुनुहुन्छ । उहाँहरु सबैको पार्टीमा राम्रो पकड रहेको बताईएको छ ।
संस्थापन पक्षका दुई जना प्रतिस्पर्धामा भिड्दा त्यसको लाभ गैर संस्थापन पक्षकी उम्मेदवार थापामगरले उठाउने सम्भावना बढी रहेको बताइन्छ । थापामगर संस्थापन इतरमा कोइराला परिवार निकट छिन् ।
सबै उम्मेदवारहरु अहिले क्षेत्रीय प्रतिनिधिहरुलाई भेट्न व्यस्त छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न तीनै जनाले दिनरात कसरत गरिरहेका छन् ।
बाँकेमा पालिका अधिवेशन मंसिर २ गते हुनेछ । उम्मेदवारी दर्ता भने मंसिर १ गते नै हुनेछ ।
निर्वाचन समितिले १३ जिल्लाको नगर अधिवेशन आज कात्तिक ३० का लागि तोकेको थियो । तर, बाँकेमा नगर अधिवेशन दुई दिन ढिलो हुने भएको छ । बाँकेमा कात्तिक २७ का लागि तोकिएको वडा अधिवेशन एक दिन ढिलो सम्पन्न भएको थियो ।
बाँकेको वडा अधिवेशनमा संस्थापन इतरबाट बढी विजयी भएको उक्त पक्षको दाबी छ । नेपालगञ्ज उपमहानगरपालिकाको अधिवेशनमा ३३६ जनाले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *