१९ बैशाख २०८१, बुधबार

बर्दियाको बढैयातालमा शसक्त बालिका परयोजना सञ्चालन

बर्दियाको बढैयातालमा शसक्त बालिका परयोजना सञ्चालन

समाचारदाता
नेपालगन्ज, मंसिर ८ । बर्दियाको बढैयाताल गाउँपालिकामा शसक्त बालिका परियोजनाको किक अफ मिटिंग सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लबले प्लान इन्टरनेसनल नेपालसंगको साझेदारीमा सञ्चालन गरेको शसक्त बालिका परियोजनाको बारेमा सरोकारवाला निकायलाई बिस्तृत रुपमा जानकारी गराउनका लागि किक अफ मिटिंगको आयोजना गरिएको क्लबले जनाएको छ ।
गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी कुमारी अधिकारीको अध्यक्षतामा आयोजना गरिएको सो बैठकमा पालिकाका अध्यक्ष हिमालय त्रिपाठी प्रमुख अतिथि रहनु भएको थियो भने सबै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा शाखा, स्वास्थ्य शाखा र महिला तथा बालबालिका शाखाका प्रमुखहरु लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको पनि सहभागिता रहेको थियो ।

सो बैठकमा परियोजनाका संयोजक गोविन्द लामिछानेले परियोजनाको लक्ष्य, उदेश्य, नतिजा तथा क्रियाक्लापहरुका साथसाथै क्लबका गतिविधिहरुका बारेमा पनि विस्तृत रुपमा जानकारी गराउनु भएको थियो ।
सो अवसरमा बोल्दै गाउँपालिकाका अध्यक्ष त्रिपाठीले शसक्त बालिका परियोजनाले यहाँका बालिकाहरुको चौतर्फी विकासमा ठुलो टेवा पुरयाउने विश्वास रहेको जनाउँदै पालिकाले परियोजना सफल पार्न हरेक प्रकारको सहयोग गर्ने बताउनुभयो ।
पलिकाका उपाध्यक्ष अधिकारीले परियोजनाले निर्धारण गरेका उदेश्य, लक्ष्य र कार्यक्रम समय सान्र्र्दभिक र बालिका तथा किशोरीको हितमा रहेकोले ती उदेश्य र लक्ष्य प्राप्तीका लागि पालिकाले पनि सहयोग र समर्थन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
बैठककोे सञ्चालन परियोजनाका अधिकृत ईश्वर विकले गर्नु भएको थियो भने सहभागि अधिकांशले यो परियोजनाले बालिका र किशोरीका सवाललाई सम्बोधन गर्ने प्रतिक्रिया दिनु भएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *